प्रधानमन्त्री ओली र प्रचण्डविरुद्ध वारेन्ट जारी, सिंहदरबारमा खैलाबैला

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध केन्द्रीय जनादलतको नाममा वारेन्ट जारी गरेको छ ।

रोल्पामा मुख्यालय रहेको केन्द्रीय जनअदालतले ओली र दाहालविरुद्ध मंगलबार साँझ वारेन्ट जारी गरेको जनाएको हो । ओली र दाहालविरुद्ध केन्द्रीय जनअदालतमा उजुरी परेको नेकपाको वारेन्ट पत्रमा उल्लेख छ ।

एमाले–माओवादी गठबन्धन सरकारले नेकपाका नेता तथा कार्यकर्तालाई वारेन्ट जारी गर्ने, धरपकड गर्ने र झुट्टा मुद्दा लगाएर हिरासतमा राख्ने गर्न थालेपछि केन्द्रीय जनअदालतले पनि संसदीय सत्ताका प्रधानमन्त्री ओलीका नाममा वारेन्ट जारी गरेको दाबी गरिएको छ ।

सूचना प्राप्त गरेको वा सार्वजनिक स्थानमा टाँस भएको मितिले १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुन नेकपाले ओली र दाहाललाई आदेश दिएको छ ।

वारेन्ट पत्रमा भनिएको छ, ‘मोहनप्रसाद ओलीको छोरा झापा स्थायी ठेगाना भई हाल भक्तपुर जिल्ला, सूर्यविनायक नगरपालिका वडा नं. २ वालकोट बस्ने तपाई खड्गप्रसाद ओलीका विरुद्धमा केन्द्रीय जनअदालत, रोल्पामा निम्न उल्लेखित मुद्दाहरू परेको हुँदा सो सम्बन्धममा आवश्यक अनुसन्धान भइरहेको र तपाईसमेतलाई बुझ्नु पर्ने भएकोले यो सूचना प्राप्त गरेको वा सार्वजनिक स्थानमा टाँस भएको मितिले १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुनका लागि सूचित गरिन्छ ।’

नेकपाद्वारा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई पनि सोही व्यहोराको वारेन्ट जारी गरिएको छ ।

जनअदालतले तोकिएको समयमा उपस्थित नभएमा केन्द्रीय जनपरिषद नेपालको नीति नियम अनुसार कारबाही हुने समेत बताएको छ । छुट्टै समानान्तर सत्ताको अभ्यास गरिरहेको नेपाल कम्युनिस्ट पार्टीद्वारा सञ्चालित जनअदालतले केन्द्रीय जनआदलतका प्रमुख ‘प्रकाश’को नामबाट वारेन्ट जारी गरेको छ ।

प्रधानमन्त्री ओलीका विरुद्धमा लगाइएका मुद्धा

१. २०७४ फागुन ६ गते विराटनगरमा हुन लागेको राष्ट्रिय युवा जनस्वयमंसेवकको सार्वजनिक कार्यक्रममा मोरङ विराटनगरतर्फ जाँदै गर्दा नेकपाका नेताहरु हेमन्तप्रकाश ओली ‘सुदर्शन’ एवं पदम राई र पार्टी सम्बद्ध थुप्रै युवाहरुलाई विराटनगरमा गिरफ्तार गरी झुट्ठा मुद्दा लगाएको ।

२. २०७४ चैत ५ गते नेकपाका कोशी ब्युरोका इन्चार्ज किरणराईलगायत थुप्रै नेताहरुलाई बिनाकारण गिरफ्तार गरी धनकुटामा थुनामा राखेको ।

Published : Tuesday, 2018 March 27, 11:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया