भवन केसीको फिल्म ‘कृ’का निर्माता गिरी पक्राउ

काठमाडौं । भुवन केसीद्वारा निर्माण गरिएको फिल्म ‘कृ’ का निर्माता सुवास गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

गीत चोरी गरेको अभियोगमा प्रहरीले निर्माता गिरीलाई पक्राउ गरेको हो । फिल्म निर्माता तथा निर्देशक शम्भु प्रधान आफ्नो फिल्म ‘सम्झना’ को गीत ‘कृ’मा चोरी गरेर समावेश गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

गीत चोरीको अभियोगमा प्रहरीले ‘कृ’ निर्माता गिरीलाई मंगलबार काठमाडौंबाट नियन्त्रणमा लिएको जनाएको छ । गिरी पेशाले वैदेशिक रोजगार व्यवसायी हुन् ।

पुरानो फिल्म सम्झनाको ‘उकालीमा अघि अघि‘’ बोलको गीतलाई बिना अनुमति ‘कृ’मा समावेश गरिएको थियो । प्रतिलिपि अधिकारका विषयमा निर्माता गिरीसँग सोधपुछ हुनेछ ।

चलचित्र सम्झना विक्रम संवत २०४० सालमा रिलिज भएको फिल्म हो । सम्झनामा नायक भुवन केसी र नायिका तृप्ती नाडकरले मुख्य भूमिका निर्वाह गरेका थिए ।

‘कृ’ मा अनमोल र अदीतिको अभिनय रहेको छ । अनमोल भुवनका छोरा हुन् । रजिन्त गजमेर यो गीतका संगीतकार र गीतकार हुन् ।

Published : Tuesday, 2018 March 27, 9:43 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया