सिल्कका कर्मचारीको गुण्डागर्दी, निशानामा पाण्डे र श्रेष्ठ

काठमाडौं । सिल्क एयरलाईन्सका कर्मचारीले मनोमानी तबरले टिकट होल्ड गरेको पाइएको छ ।

ट्राभल एजेन्सीको मिलोमतोमा साहक बिक्री प्रबन्धक सुधिर पाण्डे र बुकिङकी कर्मचारी लिजा श्रेष्ठले टिकट होल्ड गर्ने गरेको खुलासा भएको हो ।

कार्टेलिङ तरिकाबाट होल्ड गरिएको टिकट पाण्डे र श्रेष्ठले आफू निकट केही ट्राभल एजेन्सीलाई मात्रै दिने गरेका छन् ।

स्रोतका अनुसार पाण्डे र श्रेष्ठले दाभेन्सी, समिक, कुमारी र मेघाबाईट ट्राभल एजेन्सीलाई सिल्क एयरको टिकटमा पहिलो प्राथामिकता दिने गरेका छन् । उनीहरूबाट बाँकी भएको टिकट बल्ल बजारमा जाने गरेको अन्य ट्राभल एजेन्सी सञ्चालक बताउँछन् ।

टिकटको काम गर्ने पाँच सयको हाराहारामा ट्राभल एजेन्सीहरू छन् । दाभेन्सीका राजु, समिकका मेघ केसी, कुमारीका निर्मल र मेघाबाईटका चित्रबहादुर गुरूङले सिल्क एयरका कर्मचारी पाण्डे र श्रेष्ठलाई प्रलोभनमा पारेर टिकट कार्टेलिङ गर्दै आएको आरोप अन्य ट्राभल एजेन्सीका सञ्चालकहरूले लगाएका हुन ।

वर्षौंदेखि टिकट सम्बन्धी काम गर्दै आएका ट्राभल एजेन्सीहरू यहिले पीडामा छन् । यो समूहले सिल्क यएरमा मात्र नभई अन्य यएरलाईनमा समेत टिकटको कार्टेलिङ गर्दै आएको स्रोतको दाबी छ ।

Published : Tuesday, 2018 March 27, 6:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया