पुराना गुन्डा नाइके लामा दश दिन हिरासतमै बस्ने

काठमाडौं । पुराना गुन्डा नाइके एवम् कांग्रेस नेता गणेश लामालाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले १० दिन म्याद थप गरेको छ ।
जिल्ला प्रशासन कार्यालयकै स्वीकृतिमा १० दिन यता उनी हिरासतमै छन् । हिरासतमा लामालाई राख राख्ने अनुमति दिएको थियो ।
राजधानीको गौशालाबाट चैत ३ गते प्रहरीले उनलाई पक्रेको थियो । हातहतियार तथा खरखजानामा उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले बताए ।
प्रहरी हिरासतमा रहेका लामाले भने प्रहरीले जफत गरेको हतियार आफ्नो नभएको दावी गर्दै आएका छन् ।
प्रहरीले लामालाई गौशालाको पशुपति भिजन होटेलबाट एक थान पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरेको दावी गर्दै आएको छ ।
हतियारसहित फेला परेको भन्दै प्रहरीले तयार परेको मुचुल्कामा लामाले हस्ताक्षर गर्ने मानेका थिएनन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत