खड्काको स्वास्थ्य बुझ्न कांग्रेसले दुई सदस्य दिल्ली पठाउने

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्था बुझ्नका लागि दुई केन्द्रीय सदस्यलाई भारत पठाउने निर्णय गरेको छ ।

पार्टी मुख्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले खड्काको स्वास्थ्य अवस्था बुझ्न केन्द्रीय सदस्यद्वय शंकर भण्डारी र रमेश लेखकलाई भारत पठाउने निर्णय गरेको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । नेता खड्काको स्वास्थ्य अवस्थामा सुधार हुन नसकेको आफन्तहरूले बताउने गरेका छन् ।

मृगौलामा समस्या देखिएपछि खड्काले भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत छन् । बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्यले खड्काको स्वास्थ्य लाभको कामना गरेका छन् ।

Published : Monday, 2018 March 26, 9:27 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया