क्रिश्चियन धर्म प्रचार गर्न नदिएको झोँक प्रतिवेदनमा

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले युरोपेली युनियनले धर्म प्रचार गर्न नदिएको झोँकमा नेपाल र नेपालीलाई हेपेर बोलेको र काम गरेको उल्लेख गर्दै हेपेको नसहने बताएका छन् ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षक समितिको प्रतिवेदन आइतबार सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले भने, ‘युरोपेली युनियनले नेपाली र नेपाललाई हेपेर बोलेको र काम गरेको छ, त्यसलाई सच्याउन अनुरोध गर्दा झन् बचाउ ग¥यो । नेपाल सार्वभौम मुलुक हो । हामीले हेपेको सहन सक्दैनौँ ।’

उनले धाक लगाएर नेपाली जनतालाई बगाउन नपाइने बताए । उनले भने, ‘अधिकांश युवा रोजगारका लागि खाडी मुलुक जाँदा मत कम खसेको हो । ७३ प्रतिशात मत खस्नु गर्वको कुरा हो’, प्रधानमन्त्री ओलीले भने, ‘निर्वाचन पर्यवेक्षणका नाममा नेपालको संविधान, सामजिक संरचना र उपलब्धिमाथि धावा बोल्ने छुट छैन ।’

उनले धर्म प्रचार गर्न नदिएको झोँक प्रतिवेदनमा देखाउन नमिल्ने भन्दै युरोपेली युनियनको चर्को प्रतिवाद गरेका छन् । उनले भने, ‘हामी पूर्ण प्रजातान्त्रिक हो । हामी कोहीभन्दा कम छैनौँ । बेलायतले नेपालजस्तै आफ्नो संसद र सरकारमा १–२ प्रतिशत महिलाको संख्या बढी बनाएर देखाओस् ।’

Published : Sunday, 2018 March 25, 6:08 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया