भारतसँग मिल्यो ओलीको कुरा, चैत २३ गते दिल्ली जाने

काठमाडौं । चैतको अन्तिम साता प्रधानमन्त्री केपी ओलीले भारतको राजकीय भ्रमण गर्ने भएका छन् ।

उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ गते तीनदिनसम्म भारतको भ्रमण गर्नेछन् ।

नेपाल र भारतीय पक्षबीच भएको कुटनीतिक पहलबाट ओलीको पहिलो भ्रमण भारतबाट हुन लागेको हो । ओलीले पनि आफ्नो पहिलो विदेश भ्रमणका लागि भारतलाई रोजेका छन् ।

स्रोतका अनुसार नेपाल र भात पक्षले छिट्टै प्रधानमन्त्री ओलीको भ्रमणको मिति घोषणा गर्ने जनाइएको छ ।

प्रधानमन्त्री ओलीको भ्रमणका लागि भारतले चैत २४ देखि २६ सम्मका लागि प्रस्ताव गरेको थियोे ।

नेपालले एक दिन पहिला हुने जवाफ पठायोएको स्रोतको दाबी छ । प्रधानमन्त्री ओलीले यसअघि ०७२ साल फागुन ७ देखि ११ गतेसम् मभारतको भ्रमण गरेका थिए ।

नाकाबन्दीका कारण भारतसँग विग्रिएको सम्बन्धका बेला भएको भ्रमणबाट धेरै उपलब्धि हुन नसकेको टिप्पणी हुँदै आएको थियो ।

Published : Thursday, 2018 March 22, 11:43 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया