घोराहीका मेयर नरुलालको पद संकटमा, राजीनामा माग (भिडियो)
घोराही । दाङ जिल्लाको घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरी अपराधी र घुसखोरी रहेको भन्दै आफ्नै मतदाताहरूले राजीनामा माग गरेका छन् ।
स्थानीय तहको निर्वाचनका बेला गरेको बाचा पूरा गर्न सुनपुरका स्थानीयले माग गर्दा मेयर चौधरीले थाहा नभएको भनेर पन्छिन खोजेपछि स्थानीयले आक्रोश व्यक्त गरेका हुन् ।
सुनपुरकी स्थानीय संगीता खनालले मेयर नरुलाल चौधरीले सगरमाथा सिमेन्ट उद्योगबाट घुस खाएको आरोप लगाइन् । ‘यो मेयरले सिमेन्ट उद्योग हटाउँछु भनेर यही चौतारोमा भाषण गरेर हामीलाई आश्वासन दिएका थिए’, उनले भनिन्, ‘सगरमाथा सिमेन्ट उद्योगसँग घुस खाएर यी अपराधीले हटाउन मानेका छैनन् । विभिन्न बहाना गरेका छन् ।’
निर्वाचनका बेला मतदाताहरूसँग गोग्लीस्थित सगरमाथा सिमेन्ट उद्योग हटाएर वातावरण सुरक्षित बनाउने आश्वासन दिएका थिए ।
नेकपा (एमाले)बाट मेयरमा निर्वाचित चौधरीलाई आफ्नै गाउँका स्थानीयले विरोध गर्दै राजीनामा माग गरेका हुन् । मेयर चौधरीको घर भएको रामपुर गाउँ र सुनपुर गाउँ जोडिएका छन् ।
आफ्नै गाउँका स्थानीयहरू मेयर चौधरीको पछिल्लो क्रियाकलापको विरोधमा उत्रिएका हुन् । गोग्लीमा रहेको सगरमाथा सिमेन्ट उद्योगले प्रदुषण गरेको भन्दै हटाउन माग गरेर स्थानीयले लामो समयदेखि आन्दोलन र दवाव दिँदै आएका छन् ।
सिमेन्ट उद्योग हटाउने नारा लगाएर चौधरीले मेयरमा जिते पनि अहिले त्यो बाचा पूरा गर्नतिर कुनै पनि ध्यान दिएका छैनन् ।
(भिडियो सागर थापाको फेसबुकबाट साभार)
उद्योग कलकारखाना नहुदा बाहिर आउनुपर्ने बाध्यता नेपाली युवा सङ्ग छ ती सरिता खनाललाई खाडी पठाइदिनुस अनि प्रदुषण थाह पाउछिन श्रीमानका कुरा काट्दै श्रीमानको कमाइमा राज गर्नेहरू उधारो लोकप्रियता खोज्छन् बरु कसरी ब्यबस्थापन गर्ने पदूषण जनचेतना मुलक कार्यक्रम कसरी ल्याउने भन्ने भुत्लोबाङ थाह छैन त्यसै काइलाबा!
युवाहरु राेजगारका लागि बिदेसिनु नपराेस् भन्नका लागि थप उद्योग खाेल्नु पर्छ। भएकालाई बन्द गर्ने हाेईन ।
भात पकाउदा धुवा हुन्छ भनेर काँचै चामल खानु मूर्खता हाे।