माओवादी निकटका ज्यानमारा भेट्न यति ठूलो ‘नाटक’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले जेलमा पुगेर ज्यानमाराहरूलाई भेट गरेपछि अधिकारकर्मीहरूले आपत्ति जनाएका छन् ।

मंगलबार दिनभरि थापाले विभिन्न जेलको निरीक्षण भ्रमणका बहानामा माओवादी निकटकालाई भेट गरेर हालचाल बुझेका हुन् । केन्द्रीय कारागार सुन्धारामा रहेका खतरनाक बिकिनी किलर चाल्र्स शोभराजलाई पनि थापाले भेटेका थिए ।

आस्थाका बन्दी र जेलको सुधार गर्ने भनेर भ्रमण गरेका गृहमन्त्री थापाले आलोचकबाट जोगिन त्यसो गरेको आरोप लागेको छ ।

गृहमन्त्री थापाले भद्रगोल जेल, महिला कारागार, केन्द्रीय कारागार सुन्धारा र सदरखोर डिल्लीबजार पुगेर माओवादीका नेताहरूलाई भेट गरेका हुन् ।

थापाले डिल्लीबजारमा ज्यान मारेको अभियोगमा आजीवन काराबासको सजाय पाएका बालकृष्ण ढुंगेललाई भेटेका थिए । केन्द्रीय कारागारमा थापाले पूर्व माओवादी नेता पुष्कर गौतमलाई पनि भेट गरेका हुन् ।

गृहमन्त्री थापासँग ज्यानमाराद्वय ढुंगेल र गौतमले आफूहरूलाई छुटाउन आग्रह गरेका थिए ।

एकजना अधिकारकर्मीले भने, ‘गृहमन्त्री आफ्नो मर्यादामा बस्नुपर्छ । जेलको निरीक्षण गर्नुपनि पर्छ । तर, जेलमा पुगेर अपराधीसँग कुरा गर्नु उचित होइन । यो पदीय मर्यादा विपरितको कुरा हुन्छ ।’

कारागारको भ्रमण गरेर जेलको जायजा लिएको भनेर सञ्चारमाध्यममा समाचार आए पनि गृहमन्त्री थापाको उदेश्य अर्कै रहेको थियो ।

जेलको भ्रमण गर्नु थापाका लागि नयाँ विषय नहुन सक्छ । तर, उनले जुन उदेश्य राखेर माओवादी निकटका ज्यामाराहरूलाई भेट गरेका छन् त्यसले आलोचना भएको हो ।

त्यति मात्रै कहाँ होर केही दिन अगाडि टीकापुर हत्याकाण्डका नाइके रेशमलाल चौधरीलाई भेट गरेर जुस खुवाएका छन् ।

चौधरीले गरेको कथित अनसन तोडाउन थापाले भित्री रुपमा विभिन्न सहमति गरेको आरोप पनि छ । स्रोतका अनुसार गृहमन्त्री थापाले चौधरीलाई वीर अस्पतालमा नै सांसद पदको शपथ खुवाउने गरेर सहमति गरेका छन् ।

Published : Wednesday, 2018 March 21, 8:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया