बालकृष्ण खाँणले पाए कांग्रेसको महत्वपूर्ण जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम संसदीय दलका नेता शेरबहादुर देउवाले प्रमुख सचेतकमा बालकृष्ण खाँण नियुक्त गरेका छन् ।

सभापति देउवाले मंगलबार खाँणलाई मुख्य सचेतकमा नियुक्त गरेका हुन् । नेता खाँण समानुपातिकबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्छन् ।

मुख्य सचेतकमा मीन विश्वकर्मा र डा.मीनेन्द्र रिजालको चर्चा थियो । खाँणले उनीहरूलाई उछन्दै बाजी मारेका हुन् । हुन त युवा नेता गगन थापाले पनि मुख्य सचेतकमा इच्छा देखाएका थिए । थापा अर्को समूहको सांसद भएकै कारण अवसर नपाएको चर्चा भएको छ ।

सभापति देउवाले यसअघि संसदीय दलको उपनेतामा विजयकुमार गच्छदारलाई मनोनीत गरिसकेका छन् ।

Published : Tuesday, 2018 March 20, 7:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया