बल्ल सच्चिए कमल थापा, अब संगठन सुदृढीकरण गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समसामयिक परिस्थिति, कमी कमजोरीको समीक्षा गर्दै अबका दिनमा नयाँ ढंगले अगाडि बढ्ने बताएका छन् ।

काठमाडौंमा बसेको राष्ट्रिय प्रजातान्त्र पार्टीको पाँच संयोजित संगठनहरूको संयुक्त बैठकलाई मंगलबार सम्बोधन थापाले राजनीतिक उद्देश्यका कार्यक्रम, संगठनात्मक गतिविधि, प्रशिक्षण, सैद्धान्तिक तथा बैचारिक कार्यक्रमलाई पार्टीको समानान्तर रुपमा अगाडि बढ्न निर्देशन दिए । वैशाखमा हुने केन्द्रीय परिषदमा संयोजित संगठनका अध्यक्षहरूलाई आफ्नो संगठनको कार्ययोजना तयार गर्न निर्देशन दिएका छन् । उनले संगठनको कार्ययोजना कागजमा होइन व्यहारिक, कार्यान्वयन गर्न निर्देशन दिए ।

बैठकमा राष्ट्रिय प्रजातान्त्रिक ट्रेड यूनियन महासंघका अध्यक्ष चिरागमान सिंह कुँवर, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष केदार धमला, पूर्व प्रहरी परिषदका अध्यक्ष हरिहर श्रेष्ठ, नेपाल शिक्षक परिषदका अध्यक्ष यादवराज पाण्डे र राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका नेता तथा पार्टीका केन्द्रीय सदस्य श्रवणकुमार नेपालीले आ–आफ्नो संगठनको वर्तमान परिस्थिति, विगतका कमी कमजोरी र अगामी दिनमा संगठनलाई चुस्तदुरुस्त बनाउन आफूपछि नपर्ने बताएका थिए ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङदेन, पार्टीका कोषाध्यक्ष उद्धव पौडेल, पार्टीका प्रवक्ता सशीलकुमार श्रेष्ठ लगायत केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2018 March 20, 7:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया