कांग्रेस नेता खड्का सवारी गाडी दुर्घटना

काठमाडौं । पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का सवार गाडी दुर्घटनामा परेको छ ।

गृहजिल्ला सुर्खेतको वीरेन्द्रनगरबाट मसिना जाने क्रममा नेता खड्का चढेको बा १५ च ८३५४ नम्बरको गाडी भेरीगंगा नगरपालिको छिञ्चु नजिक आइतबार दिउँसो दुर्घटनामा परेको हो ।

दुर्घटनामा खड्काका अंगरक्षक प्रहरीका नायव निरीक्षक सामान्य घाइते भएका छन् । कांग्रेस नेता खड्का सकशुल रहेको प्रहरीले जनाएको छ । गाडी भित्तामा ठोक्किएर दुर्घटना भएको थियो ।

Published : Sunday, 2018 March 18, 4:49 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया