बच्चाहरूका लागि स्मार्ट ब्रस, गेम खेल्न मिल्ने

फ्रान्स । बालबालिकाहरूको दाँतको सफाइ सहज रुपमा होस् भनेर फ्रेञ्च कम्पनीले गेम खेल्न मिल्ने स्मार्ट ब्रस ल्याएको छ ।

बालबालिकाको प्रवृत्तिलाई ख्याल गर्दै फ्रेन्च कम्पनी कोलिब्रिले यस्तो ब्रस ल्याएको हो । जसले दाँत माझिरहेको बेला सँगसँगै गेम खेल्न सकिन्छ ।

यो डिभाइस मोसन ट्रयाकिङ एपबाट स्मार्टफोनमा जोड्न सकिन्छ । फ्रन्ट क्यामेराको सहायताले यसमा बच्चाबच्चीलाई स्मार्टफोनको बीचमा राख्न सकिन्छ ।

बच्चाबच्चीले १५ वटा फरक–फरक गेम छान्न सक्छन् । टुथ ब्रसको सहायताले बाबुआमाले बच्चाहरूको ब्रस गर्ने बानीबारे बुझ्न सक्छन् ।

गेम खेल्नकै लागि धेरैपटक बच्चाहरूले ब्रस गर्छन् कि भन्ने धेरैलाई चिन्ता हुनसक्छ । यो ब्रसले दिनमा तीनपटक भन्दा बढी गेम खेल्न दिँदैन । साथै यसले ब्रस कसरी गर्ने भन्नेबारेमा शिक्षा दिन्छ ।

म्यागिकले यही वर्ष ३० अमेरीकन डलरभन्दा कम मूल्यमा यो स्मार्ट ब्रस उत्पादन गर्ने योजना बनाएको छ । – एजेन्सी

Published : Saturday, 2018 March 17, 7:32 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया