ओलीले बढाए मन्त्रालयको संख्या, कुन–कुन मन्त्रालय थपिए ?

काठमाडौं । सत्तारुढ दलहरूबीच मन्त्रिपरिषदलाई पूर्णता दिनुअघि मन्त्रालय संख्या बढाउने सहमति भएको छ ।

अब तीन मन्त्रालय थपिएको छ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २१ मन्त्रालय पुगेको छ ।

थपिएका मन्त्रालयहरूमा सिँचाई, युवा तथा खेलकुद र श्रम तथा रोजगार छन् । शिक्षा, विज्ञान प्रविधि र युवा तथा खेलकुद फुटाइएको छ र अब शिक्षा र युवा तथा खेलकुद अलग ललग मन्त्रालय भएको स्रोतले जनाएको छ ।

श्रम, रोजगार तथा महिला, बालबालिका मन्त्रालयलाई फुटाइएको छ । अब श्रम तथा रोजगार र महिला तथा बालबालिका अलगहलग मन्त्रालय भएका छन् ।

Published : Friday, 2018 March 16, 11:25 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया