कांग्रेस नेता डा.महतलाई आफ्नै जिल्लामा बोलत प्रहार

नुवाकोट । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतमाथि बोतल प्रहार गरी दुर्व्यवहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नुवाकोटको दुप्चेश्वर र तादी गाउँपालिका जोड्ने भुतखोल्चीमा बिहीबार पक्की पुलको शिलान्यास कार्यक्रममा डा.महतलाई पानीको बोतल प्रहार भएको थियो । दुप्चेश्वर–३ का रामहरि खड्काले डा.महतले प्रहार गरेका थिए ।

शिलान्यास समारोह चलिरहेको समयमा अकस्मात महतलाई पानीले भरिएको बोतल प्रहार गरेर गालीगलौज गर्न थालेपछि ३१ वर्षका खड्कालाई प्रहरीले पक्राउ गरेको थियो ।

Published : Friday, 2018 March 16, 11:08 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया