कम्युनिष्टसँग एक्लै भिडेर बाहिरिएका पराजुली

काठमाडौं । न्याय परिषदबाट बुधबार पदमुक्त गरिएका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका छन् ।

पराजुलीलाई परिषद् सचिवालयले उमेर हदका कारण २०७४ साउन २१ मै पदमुक्त भइसकेको जानकारी दिँदै पत्र बुझाएको थियो । उनले भने आफू पदमुक्त नभएको जिकिर गर्दै आएका थिए ।

पराजुलीले राजीनामा बुझाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ । पराजुलीले राष्ट्रपतिलाई आफैंले भेटेर राजीनामापत्र बुझाएका हुन् । पराजुलीले राजीनामा दिएपछि कम्युनिष्ट र युरोपियन युनियनका व्यक्तिले बिहीबार दिउँसो मिठाइ खाएको चर्चा सर्वोच्च अदालत परिसरमा दिनभरि चलेको छ ।

राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशव घिमिरेका अनुसार संविधान बमोजिम अवकाश प्राप्त प्रधानन्यायाधीशले राजीनामा दिएपछि स्वीकृत गरिरहनु पर्दैन, स्वतः पद रिक्त हुनेछ ।

कम्युनिष्ट पक्षधर र युरोपियनको ठूलो षड्यन्त्रमा फस्न पुगेका पराजुलीलाई चौतर्फी घेराबन्दी गरिएको थियो । न्याय सम्पादनमा राम्रो काम गरेका पराजुलीलाई प्रधानन्यायाधीश नहुँदै देखि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीको पालादेखि नै पेलान हुँदै आएको थियो ।

सबै पेलान र विभेदहरू सहेर कार्यसम्पादन गर्दै आएका पराजुलीलाई अन्ततः अपदस्थ गरिएको छ । त्यो अपमान सहन नसकेर पराजुलीले पदबाट राजीनामा दिएको उनी निकटका एक आफन्तले बताए ।

‘न्याया खोज्न कहाँ जाने ? सबै त कम्युनिष्ट सत्ता र युरोपियन युनियनहरूले खेरेर राखेका छन्’, ती आफन्तले भने, ‘बरु अपमानित भएर राजीनामा दिएर बाहिर जाँदा नै उपयुक्त हुने ठानेर राजीनामा दिनुभएको छ ।’

Published : Thursday, 2018 March 15, 4:58 pm

1 प्रतिकृया प्राप्त “कम्युनिष्टसँग एक्लै भिडेर बाहिरिएका पराजुली”

  • यो मान्छेलाई घेरा बन्दी हैन आफै भ्रष्ट मान्छे हो ।किन भने राज्यको पुजीपति वर्गहरुलाई कर छुट छुट गर्ने तर औषधि गर्न नपाएकालाई मर्न दिएर ठूलो रकम कुम्ल्याउने मान्छे गद्दार हो यस्ता मान्छे कसैको पनि हुन सक्हुन सक्दैन।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया