चोलेन्द्रभन्दा पनि सपना प्रधानहरू खतरनाक

– भरत दाहाल

न्यायाधीश चोलेन्द्र शम्शेर राणा गोपाल पराजुलीभन्दा कैयौं गुना बढी खतरनाक मानिस हुन् । चोलेन्द्रभन्दा पनि खतरनाक छिन्, सपना प्रधान मल्ल । झोले भर्तीको आडमा साम्राज्यवादीहरूले कसलार्इ कता घुसाएका छन् र कसका विरूद्धमा कस्तो मुद्दा उछाल्न लगाएर के खेल खेल्न खोजेका छन् भन्ने कुरा बुझ्न धेरै मेहनत गर्नुपर्ने अवस्था छ ।

एउटाले अर्काका विरूद्धमा उठाउने गरेका पपुलिष्ट कुराहरू यिनका आफ्ना विवाद होइनन् । यिनीहरूका आफ्ना विवाद हुन्थे भने यी सुरूमैं उठ्ने थिए । यस्ता विवादहरूका पछाडिको नियत राम्रो हुन्थ्यो भने सबैका बारेमा यस्ता कुराहरू उठाइन्थे । कुनै पनि दलाल आफ्नो अनुकूलतामा अधकल्चो कुरा मात्र बोल्छ ।

पराजुलीको नागरिकताको कुरा उठाउनेहरू सुशासन र देशभक्तिको भावनाबाट ओतप्रोत भएका भए तिनीहरूले ३ नं. प्रदेश प्रमुख बनाइएकी अनुराधा कोइरालाको नक्कलि नागरिकताको पनि कुरा उठाउँथे । माओवादीले सांसद बनाएको इण्डियनका बारेमा पनि कुरा उठाउँथे ।

यो सबै साम्राज्यवादीहरूको चाल हो । कैलाश सिरोहियाको माफिया ग्याङ्बाट सञ्चालितहरूले पराजुली नै देशको एकमात्र समस्या हो झैं गरेर प्रचार गर्ने र अर्को माफिया ग्याङ्ले पराजुलीलार्इ दूधले धोएका जस्तो बनाउन खोज्ने जति पनि छन्, यिनीहरू विदेशी डिजार्इनका गोटीभन्दा बढी केही होइनन् ।

यी कुनै पनि दलालहरूको मुखबाट विदेशीको ‘व’ पनि उच्चारण हुँदैन । जबकि यो सबै विदेशी हस्तक्षेपका रूपमा भैरहेको छ भन्ने कुरा तिनीहरूलार्इ पनि थाहा छ । दलाल र एजेन्टहरूका बीचमा झगडाको माहोल बनाएर पर्दा पछाडिबाट नेपालमाथि प्रहार गर्ने शक्ति मरिमेटेर लागेको छ ।

लोकतन्त्रको बर्कोका पछाडि लगाएर अपराधीहरूले नेपाललार्इ कस्तो बनाए भन्ने तथ्य जगजाहेर छ । देशका शत्रुका रूपमा उपयोग भैरहेकाहरूले उछालेका कुराहरूमा रूमल्लिंदा साम्राज्यवादले कहाँनेर हान्ने तयारी गरिरहेको छ भन्ने कुरामा ध्यान लगाऔं ।

Published : Thursday, 2018 March 15, 7:34 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया