सुन भित्र्याउन कपालको सहारा

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरोले लामो समयदेखि यसरी सुन तस्करीमा संलग्न ६ जनालाई दुबईबाट भित्रिएको सुन सहित नियन्त्रणमा लिएको छ ।

प्रहरीले पछिल्लो समय लामो कपाल सिधा बनाउन प्रयोगहुने आईरनमा सुन भित्राउने समुहलाई पक्राउ गरेपछि सुन तस्करीको नयाँ तरिका सार्वजनिक भएको हो ।

ब्युरोले वाग्लुङ घरभई भिमसेनगोला बस्ने शशीकला भण्डारी गुरूङ, जडिबुटीका सरोज केसी, झापा दमकका होम बहादुर बुढाथोकी, काभ्रे सखुपाटीका जिवन शाक्य, भक्तपुरका बिजु बज्राचार्य र भारत महाराष्ट्र घर भएका योगेश मगरलाई पक्रेको हो ।

ब्युरोका प्रवक्ता एसपी जीवन श्रेष्ठका अनुसार सोमबार फलई दुबईबाट काठमाडौं ओर्लिएका बुढाथोकीलाई पच्छयाउदै जाँदा सानो परिमाणमा नियमित भै रहेको सुन तस्करीको नयाँ जालो फेला परेको हो ।

सुन तस्करी गर्ने समुहले अनेकन उपाय प्रयोगमा ल्याईरहेका छन् । कहिले जुत्ताको सोल नै सुनको हुन्छ त कहिले सुनलाई नै रंगाएर सुटकेशको कभर बनाएर तस्करी भै रहेको हुन्छ ।

उनका अनुसार शशिकलाका श्रीमानले दुवईबाट इलेक्टिक अइरन मा सुन लोड गरी नेपालमा पठाउने गरेका थिए । यसरी भित्रिएको सुन समुहले काठमाडौं कोटेश्वरस्थित बज्रचार्य गहना प्रालि र शाक्य अर्नामेन्ट समेतमा बिक्री गर्ने गरेको खुलेको हो ।

ब्युरोले घटनास्थलबाट एकसय ४५ तोला सुन र एउटा बलेनो कार बरामद गरेर राजस्व अनुसन्धान विभागमा बुझाएको हो ।

Published : Tuesday, 2018 March 13, 10:57 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया