सडक मर्मत नगर्ने कर्मचारीको कांग्रेसले हिसाबकिताब राख्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सडकसहित विकास आयोजनाहरूको कति समयमा सम्पन्न हुने हो भनेर स्पष्ट लेख्नुपर्ने बताएका छन् ।

सोमबार बिहान सडक डिभिजन कार्यालय नयाँ बानेश्वरमा दलबलसहित पुगेका नेता सिंहले विकास निर्माणको नाममा सरकारी निकायहरूले जथाभावी भत्काउने र खन्ने गर्नाले सर्वसाधारणलाई ठूलो समस्या परेको बताए । उनले सरकारी निकायबीच समन्वय गरेर विकासका निर्माण हुनुपर्ने बताए ।

‘नियममा रहेको कुरा पनि सरकारी कर्मचारी गर्दैनन्’, कांग्रेस नेता सिंहले भने, ‘सडक भत्काउँदा वा विकास निर्माणका आयोजनाहरू सुरु हुँदा कति मितिदेखि कुन मितिमा सम्पन्न हुने हो साइनबोर्डमा लेखेर राख्नुपर्छ । अन्यथा उपभोक्ता र जनप्रतिनिधिहरूले अबदेखि त्यसको हिसावकिता खोज्ने छन् ।’

नेता सिंहले भने, ‘सडकले बाटो भत्काउँछ । ढलले पनि बाटो खन्छ । खानेपानीले पनि बाटो भत्काउँछ । सबैले खान्ने तर मर्मत सम्भार र काम नगर्ने परम्पराले जनता आजित भएका छन् । अबदेखि यस्तो लापरबाही गर्न पाइँदैन ।’

काठमाडौंका मर्मतका लागि खनेको धेरै भइसक्यो अहिलेसम्म मर्मत नभएको भन्दै कांग्रेस नेता सिंहले आक्रोश व्यक्त गरे । ‘काठमाडौंका सडक त समयमा पूरा गर्न सकेका छैनन्’, उनले भन, ‘झन् उपत्यका बाहिरका सडक र विकास निर्माण के भएको हो ला ?’

कांग्रेस नेता सिंह काठमाडौं क्षेत्र नं. १ का जनप्रतिनिधि र उपभोक्ताहरूलाई लिएर सडक डिभिजन कार्यालय पुगेर जिम्मेवारीका साथ काम गर्न दवाव दिएको सिंहका सहयोगी यूपी लामिछानेले जानकारी दिए ।

Published : Monday, 2018 March 12, 11:31 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया