सरकारलाई मात्तिन नदिन महरालाई कांग्रेसको समर्थन

काठमाडौं । माओवादी केन्द्रका तर्फबाट दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद कृष्णबहादुर महरा पहिलो संघीय संसदको सभामुखमा निर्वाचित भएका छन् ।

शुक्रबार उम्मेदवारी मनोनयन दिएका महराबिरूद्ध कसैले पनि उम्मेदवारी नदिएपछि प्रतिनिधिसभाको शनिबार बसेको बैठकले महरालाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो । महरालाई सभामुख बनाउन एमाले सांसद एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए ।

महरालाई माओवादी केन्द्रका सांसद देव गुरुङले समर्थन गरेका थिए । प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि संसदमा महरालाई समर्थन गरेको थियो । संसदमा बोल्दै कांग्रेस सांसद मिनेन्द्र रिजालले पनि महरालाई पार्टीको समर्थन रहेको बताए ।

रिजालले संसद ‘चेक एण्ड ब्यालेन्स’ गर्ने थलो भएको उल्लेख गर्दै सरकार हेपाहा भएको बेला कानून मिच्न लागेको बेला करेक्सन गराउने भूमिका महराले निभाउने आशा व्यक्त गरे ।

Published : Saturday, 2018 March 10, 4:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया