आफ्नै निर्णयबाट ‘ब्याक’ हुने भयो कम्युनिष्ट सरकार, मन्त्रालय बढाउन गृहकार्य

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल कम्युनिष्ट सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री केपी ओलीले मन्त्रालयको संख्या बढाउने तयारी गरेका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्रालयको संख्या बढाएर कम्तिमा २१ वटासम्म पु¥याउने तयारी गरेको उच्च स्रोतले जनाएको छ । ओलीले १८ वटामात्रै मन्त्रालय राख्ने निर्णय गरेका थिए ।

राजपा र संघीय फोरम आउने भएपछि ओलीले आफ्नै निर्णय उल्ट्याउन बाध्य भएका हुन् । स्रोतका अनुसार १८ बाट बढाएर २१ पु¥याउने तयारीमा छन् । राजपा र संघीय फोरमलाई ओलीले २–२ वटा मन्त्रालय दिने तयारी गरेका छन् ।

संघीय फोरमले सरकारमा जानेबारे यसअघि नै निर्णय गरिसकेको छ । मन्त्रालय बाडफाँडमा कुरा नमिलेपछि तत्काल मन्त्रिमण्डल विस्तार हुन सकेको छैन ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आगामी चैत्र २ वा ५ गतेभित्रै मन्त्रिमण्डल विस्तार गर्नेछन् । चैत २ गतेसम्म सबै पदको निर्वाचन सम्पन्न भैसक्ने भएकाले ओलीले यस्तो तयारी गरेका हुन् । एमाले, माओवादी केन्द्र, संघीय फोरम र राजपा मिलेर सरकार बन्दा दुई तिहाईभन्दा धेरैको समर्थन सरकारलाई रहनेछ ।

Published : Friday, 2018 March 9, 4:05 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया