पत्नीका कारण साथीको हत्या

काठमाडौं । काठमाडौंको कमलपोखेरीस्थित सिटी सेन्टरमा शुक्रबार एक सुरक्षा गार्डको हत्या उनकै साथीले गरेको खुलेको छ ।

२६ वर्षीय रविन खवास भुजेलको हत्या उनकै साथी रुद्र बस्नेतले गरेको अनुसन्धानमा देखिएको महानगरीय प्रहरी परिसर काठमामाडौंका डिएसपी मोहनबहादुर थापाले बताए ।

मृतक रविन र अभियुक्त दोलखाका रुद्र २ वर्षदेखि सिटी सेन्टरको बिग मुभिज ग्रुप फोर कम्पनीमा सेक्युरीटी गार्डको रुपमा काम गर्दै आएका थिए । घटना भएको दिन दुवै जना ड्युटीमा नै थिए ।

एक वर्षदेखि चिनजान भएका दुवैले त्यस दिन मदिरा सेवन गरेको प्रहरी अनुसन्धानमा देखिएको डिएसपी थापाले बताए । दिउँसो देखि नै मदिरा खाएका दुवै लठ्ठ थिए ।

उनीहरूले बिहीबार राति ११ बजेसम्म मदिरा खाएको अनुसन्धानमा देखिएको हो । मदिरा खाएपछि रविनले आफू विदेश जाने योजनामा रहेको कुरा रुद्रलाई सुनाए । त्यसपछि दुईबीच श्रीमतीको कुरा चल्यो । रविनले रुद्रलाई श्रीमती छाडेर विदेश जान नहुने सुझाएपछि विवाद भएको खुलेको छ ।

विवादकै क्रममा रुद्रले रविनको हत्या गरेको डिएसपी थापाले बताए । रुद्रले रविनको मुख र नाकमा थिची हत्या गरी चार तलामाथि बाट खसालेको देखिएको छ ।

Published : Sunday, 2018 March 4, 11:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया