कम्युनिष्ट सरकारसँग आत्तिएपछि भारतको अर्को ‘उपद्रो’

काठमाडौं । नेपालमा कम्युनिष्ट सरकार स्थापनासँगै आत्तिएको भारतले आफ्नो चीन नीतिमा फेरबदलको संकेत गरेको छ ।

जति जोडबल गरे पनि नेपालमा आफू अनुकूलको सरकार बनाउन नसकेपछि भारतले चीनलाई तत्कालका लागि नचिढ्याउने योजना बनाएको हो । नेपालमा चीनको बढ्दो प्रभाव र आफ्ना कुनै पनि योजना सफल हुन नसकेकोमा भारत चिन्तित रहेको जानकारहरू बताउँछन् ।

त्यसका लागि चीनसँग सम्बन्ध सुधार्न भारतले आफ्ना मन्त्री र वरिष्ठ सरकारी अधिकारीहरूलाई तिब्बती निर्वासित नेता दलाई लामा सहभागी हुने कार्यक्रममा नजान निर्देशन जारी गरेको छ ।

भारतले दलाई लामालाई दिएको महत्वका कारण बेइझिङ–नयाँदिल्लीको सम्बन्धम सुधार हुन सकेको थिएन । नेपालमाथिको आफ्नो प्रभावलाई कायम राख्न भारतले दलाई लामाप्रतिको आफ्नो नीतिमा प्ररिवर्तन गरेको विश्लेषण हुन थालेको छ ।

भारतीय पत्रिका द डन्डियन एक्सप्रेसमा प्रकाशित समाचारअनुसार विदेश सचिव विजय गोखलेले फेब्रुअरी २२ मा क्याबिनेट सेक्रेटरीलाई नोट पठाउँदै आगामी दुई महिना चीनसँगको सम्बन्ध निकै संवेदनशील रहेको उल्लेख गरेको छ । भारतले दलाई लामाका कार्यक्रमबाट बच्न मन्त्री तथा वरिष्ठ अधकारीहरूलाई आग्रह गरेका छन् ।

फेब्रुअरी २३ का दिन बेइजिङ पुगेका गोखले चार दिने चीन भ्रमण पूरा गरी फर्केपछि चीनसँग सम्बन्ध सुधार गर्ने संकेत नयाँदिल्लीले गरेको छ । भारतका क्याबिनेट सेक्रेटरी पिके सिन्हाले फेब्रुअरी २६ का दिन सबै निकायलाई यस्तो पत्रचार गरिसकेका छन् ।

दलाई लामाको निर्वासित तिब्बती सरकारले मार्च र अप्रिल महिनाभर ६० औं वर्षगाँठ मनाउँदैछ । सो उपलक्षमा भारतका विभिन्न सहरमा धेरै कार्यक्रम आयोजना हुँदैछन् । लामा भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा निर्वासित जीवन बिताइरहेका छन् ।

दलाई लामाले त्यहीँबाट निर्वासित सरकार चलाउँदै आएका छन् । भारतले तिब्बती धार्मिक नेता भन्ने गरेका दलाई लामालाई चीनले भने पृथकतावादी नेता मान्छ ।

भारतीय कुटनीतिक क्षेत्रमा चीन विज्ञका रुपमा चिनिने गोखलेले एक महिना अघिमात्रै भारतको विदेश सचिवको जिम्मेवारी सम्हालेका थिए ।

एघार महिनाअघि दलाई लामाले अरुणाञ्चल प्रदेश भ्रमण गर्नुलाई कतिपयले दोक्लम विवादसँग जोडेर हेर्दै आएका छन् । अरूणाञ्चल प्रदेशमा चीनको दावी रहँदै आएको छ । उसले सो क्षेत्रलाई दक्षिणी तिब्बत मान्छ ।

भुटान, भारत र चीनको त्रीदेशीय विन्दु रहेको दोक्लम विवादको समयमा गोखले चीनका लागि भारतीय राजदूत थिए । उनले विवाद समाधानक लागि वार्ता गराएका थिए ।

Published : Saturday, 2018 March 3, 3:42 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया