यी हुन् हिन्दीमा शपथ लिने सांसदहरू

काठमाडौं । संघीय संसदका आधा दर्जन सांसदहरूले हिन्दी भाषामा पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

हिन्दी भाषाको मोह राखेर शपथका लागि संसद सचिवालयलाई अग्रिम सूचना दिनेमा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालका सांसद छन् ।

हिन्दीमा शपथ लिने भनेर राजपा नेपालका अनिलकुमार झा, प्रमोद शाह, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, अमृता अग्रहरी, रानी मण्डल र चन्दा चौधरी तथा संघीय फोरमबाट सरिता गिरी रहेका छन् ।

संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवले भने हिन्दी भाषामा शपथ लिने छैनन् । यादवले मैथली भाषामा शपथ लिने छन् ।

मैथिली भाषामा राजपा नेपालका अध्यक्ष महन्थ ठाकुर, शरतसिंह भण्डारी, राजकिशोर यादव, रेणुकुमारी यादव, दिलकुमारी, मातृका यादव, इन्दुकुमारी शर्मा, मीनाक्षी झा, उमाशंकर अरगरिया, चन्द्रकान्त चौधरी, दुलारीदेवी खत्वे, सुरेशचन्द्र दासले पनि सपथ लिनेछन् ।

प्रतिनिधिसभाका ३६ र राष्ट्रिय सभाका ६ गरी ४२ जना सांसदले नेपालीबाहेक विभिन्न मातृभाषामा शपथ लिनेछन् । संसद् सचिवालयले नेपालीबाहेकका भाषामा शपथ लिने सांसदलाई निवेदन दिन शुक्रबारसम्मको समय तोकेको थियो ।

नेपाली भाषामा शपथ लिनेले भने निवेदन दिनु नपर्ने व्यवस्था छ । तोकिएको समयभित्र ४२ निवेदन परेका छन् । आइतबार सांसदहरूको शपथ हुँदै छ ।

Published : Saturday, 2018 March 3, 12:17 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया