भाइबर प्रयोगकर्तालाई नयाँ सेवा

न्युयोर्क । भाइबरले विश्वरभरीका एक अर्ब आफ्ना प्रयोगकर्तालाई एउटै च्याट ग्रुपमा जोड्न नयाँ फिचर ल्याउने भएको छ ।

भाइबरले स्पेनको बार्सिलोनमा हालै सम्पन्न ‘मोबाइल वल्ड काँग्रेस’ मेलामा आफ्ना सबै प्रयोगकर्तालाई जोड्न ‘भाइबर कम्युनिटी’ नामक फिचर ल्याउने घोषणा गरेको हो ।

उक्त कम्युनिटी सामाजिक सञ्जाल तथा मेसेजिङ एप्स मध्ये सबैभन्दा ठूलो हुनेछ ।

हाल फेसबुकको ग्रुप च्याटमा सदस्य संख्या सिमा १५०, ह्वाट्सएपको २५६, विच्याटको ५०० तथा टेलिग्रामको एक लाख जना रहेको छ । – एजेन्सी

Published : Friday, 2018 March 2, 8:06 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया