ट्वीटरमा बुकर्माक फिचर

लसएञ्जलस । माइक्रो ब्लगिङ साइट टुवीटरले बुकमार्क फिचर थपेको छ । यो फिचरका कारण ट्वीटरका ३० करोडभन्दा बढी प्रयोगकर्ताले उनीहरुलाई मन परेको टुवीटर सेभ गर्न, पछि पढ्ने गरी राख्न र सेयर गर्न सक्नेछन् ।

हरेक ट्वीटरमा राखिएको सेयर आइकनमार्फत प्रयोगकर्ताले टुवीटर बुकमार्क गर्न सक्नेछन्, डाइरेक्ट म्यासेजमार्फत अरुलाई पठाउन सक्नेछन् ।

‘हामीले सबै सेयरिङ एक्सनहरु एकै ठाउँमा राखिदिएका छौं, यसले टुवीटरहरू तत्कालै वा पछिका लागि सेभ गर्न र सेयर गर्न सजिलो बनाउनेछ’ टुवीटरका प्रडक्ट म्यानेजरले बिहीबार आफ्नो ब्लगपोस्टमार्फत भनेका छन् ।

यो फिचर प्रयोग गर्न धेरै सजिलो छ । यो फिचर टुवीटरको ठीक तल ‘सेयर’ टुल नजिकै भेट्न सकिन्छ। टुवीटरलाई बुकमार्क गर्नका लागि सेयर बटनलाई ट्याप गरेर ‘एड ट्वीटर टु बुकमार्क’ मा सेलेक्ट गर्नुपर्नेछ ।

बुकमार्क गरेका ट्वीटरलाई पछि फेला पार्नका लागि तपाईको प्रोफाइल आइकनहरुमा बुकमार्कमा हेर्न सक्नुहुन्छ । बुकमार्क गरिएको ट्विटर जतिखेर पनि हटाउन सकिनेछ वा बुकमार्क गरिएका ट्वीटर हेर्नमात्रै पनि सकिनेछ ।

बुकमार्क फिचर संसारभरका ट्वीटर प्रयोगकर्ताले चलाउन सक्नेछन् । आइओएस, एन्ड्रोइड, ट्वीटर लाइट र मोवाइलमा टुवीटर चलाउनेहरूले समेत यो फिचर चलाउन सक्नेछन् । ट्वीटरले सन् २०१७ को अक्टोबरमा नै बुकमार्क फिचरको तयारी गरिरहेको जानकारी दिएको थियो । – एजेन्सी

Published : Friday, 2018 March 2, 7:56 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया