संघीय फोरमबाट मन्त्रीका आकांक्षी

काठमाडौं । संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने भएपछि पार्टीभित्र को–को मन्त्री बन्ने भनेर चर्चा सुरु भएको छ ।

स्रोतका अनुसार फोरमबाट अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, नेताहरू इस्तियाक राई र रेणु यादव मन्त्रीका मुख्य दाबेदार हुन्  ।

अध्यक्ष यादव कम्तीमा ३ देखि ४ जनालाई मन्त्रिपरिषदमा सहभागी गराउने गरी दुईवटा प्रभावशाली मन्त्रालय लिने योजनामा छन् ।

तर, प्रधानमन्त्री केपी ओलीले संघीय फोरमलाई दुई वटा मात्रै मन्त्रालय दिने पक्षमा देखिएका छन् । यादवले माग गरे अनुसार तीन वटा मन्त्रालय र मर्यादा क्रम अगाडिका विषयमा ओलीले केही प्रतिक्रिया दिएका छैनन् ।

Published : Friday, 2018 March 2, 10:49 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया