फोरमलाई दुई पक्का, उपन्द्रको कुरा सुनेर ओली छक्क

काठमाडौं । सरकारमा सहभागिताको विषयलाई लिएर सत्तारुढ एमाले–माओवादी र फोरम नेताहरूबीच बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल भए पनि ठोस सहमति जुट्न सकेको छैन ।

मन्त्रालय बाँडफाँडमा पनि सहमति जुट्न सकेन । प्रधानमन्त्री केपी ओलीले २ वटा मन्त्रालय दिन सकिने प्रस्ताव गरेका थिए । तर, फोरम अध्यक्ष उपेन्द्र यादवले ३ मन्त्रालय मागेका छन् ।

यादवले प्रतिनिधिसभामा उपसभामुखसमेत दाबी गरेका छन् । उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डले यादवलाई संघीय मामिला या परराष्ट्रमध्ये एक आफूले हाँक्ने गरी दुई मन्त्रालय लिएर सरकारमा आउन आग्रह गरेका थिए ।

प्रदेश २ मा सरकारको नेतृत्व गरिरहेकाले काम गरेर देखाउनुपर्ने अवस्था रहेको भन्दै यादवले ‘पावर’ केन्द्रितभन्दा पनि सहरी विकास, भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत र कृषि तथा भूमिसुधारमध्ये सकेसम्म २ र अर्को एक मन्त्रालय माग गरेका छन् ।

Published : Friday, 2018 March 2, 10:26 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया