धुमधामले जन्मोत्सव मनाउँदा यता ध्यान गएन प्रधानमन्त्री ज्यू ?

काठमाडौं । राजपरिवारलाई समेत भुलाउने गरेर कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले ६७औं जन्मोत्सव धुमधामसँग मनाएका छन् ।

ओलीले सरकारी निवास बालुवाटारमा राज्यको ढुकुटी खर्च गरेर शुक्रबार मनाएको जन्मोत्सवको साइड इफेक्ट सामाजिक सञ्जालमा देखिन थालेका छन् । धेरैले ओलीमा पलाएको निरंकुशता र अहंकारको सांज्ञ दिएका छन् ।

ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा क्याटरिङबाट मिठामिठा खानेकुरा मगाएर शुभकामना दिन आउनेहरूलाई पेटभरी खुवाएर पठाए । तर, ओलीको मनमा ती गरिव जनताले के खाएका छन् भन्ने रतिभर याद आएन ।

केही दिन अगाडि मात्रै चितवनको राप्ती नगरपालिका वडा नं. १३ युर्तीस्थित २० वर्षदेखि ओढारमा बस्दै आएका ७६ वर्षीय रूपसिंह चेपाङ खान नपाएको समाचारले प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष ओलीलाई छोएन । बरु ओली आफ्नो प्रसंशा गर्न आएकाहरूको बधाइ र शुभकामना तथा गिफ्टहरू लिएर दिनभरि रमाए ।

स्रोतका अनुसार ओलीले अनमोल क्याटरिङलाई खानेकुराको पैसा तिर्न सचिवालयलाई निर्देशन दिएका छन् । शुक्रबारको बिल कति उठेको भनेर केही बताइएको छैन ।

विक्रम संवत २००८ फागुन ११ मा तेह्रथुमको इवामा साधारण परिवारमा जन्मिएका ओलीले बिहीबारदेखि ६७ औं जन्मोत्सव राजपरिवारका कार्यक्रम भुलाउने गरी मनाएर सबैलाई चकित तुल्याइदिएका छन् ।

ओलीले शुक्रबार दिनभरि पटक पटक केक काट्नुका साथै मस्ती गरेका तस्बिरहरू सामाजिक सञ्जालभरि भाइरल भएका छन् । ओलीलाई शुभकामना दिन राजदूत, उच्च तहका कर्मचारी, राजनीतिक दलका नेता, एमालेका नेता तथा कार्यकर्ताहरूको भीड लागेको थियो ।

Published : Saturday, 2018 February 24, 9:50 am

1 प्रतिकृया प्राप्त “धुमधामले जन्मोत्सव मनाउँदा यता ध्यान गएन प्रधानमन्त्री ज्यू ?”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया