भारतीय राजदूतले दिए ओलीलाई पहिलो शुभकामना, बालुवाटारमा नेताको भीड

काठमाडौं । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले जन्मदिनको शुभकामना दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहानै पुगेका राजदूत पुरीले ओलीलाई फूलको गुच्छा (बुकी) दिएर जन्मदिनको शुभकामना दिएका हुन् । भारतीय राजदूतावासद्वारा जारी प्रेस नोटअनुसार पुरीले ओलीलाई जन्मदिनको शुभकामना दिएको उल्लेख छ ।

ओलीले आफ्नो ६७औँ जन्मदिन बालुवाटारमा विशेष कार्यक्रम गरेर मनाउँदै छन् । ओलीलाई स्थायी समितिका सदस्यहरूले पनि शुक्रबार बिहान शुभकामना दिएका छन् ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पनि बालुवाटार पुगेर ओलीलाई जन्मदिनको शुभकामना दिएका छन् ।

यसैबीच, ओलीले ६७औं जन्मदिन बालुवाटारमा केक काटेर मनाइएको छ । ओलीलाई एमालेका नेता तथा कार्यकर्ताहरूले शुभकामना दिएका छन् ।

सो कार्यक्रममा श्रीमती राधिका शाक्य पनि साथमा दिइन् । ओलीलाई एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, मन्त्रीद्वय लालबाबु पण्डित र थममाया थापा लगायतले शुभकामना दिएका छन् ।

मोहनप्रसाद ओली र मधु ओलीको छोराका रूपमा २००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँ पञ्चायतमा ओलीको जन्म भएको थियो ।

२०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । ओली तत्कालीन नेकपा (माले)को संस्थापक मध्येका एक हुन् ।

Published : Friday, 2018 February 23, 11:43 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया