कांग्रेसले कम्युनिष्ट सरकारलाई पाठ सिकाउनै पर्छ

प्रधानमन्त्री पदको शपथ लिएपछि केपी ओलीले सहमति र सहकार्यको राजनीतिका लागि पहल गर्छन् कि भन्ने सबैलाई आश थियो । तर, त्यो आशा निरासामा बदलिने देखिएको छ । किनभने ओलीले सहमति र सहकार्यको राजनीति गर्ने संकेत देखाएनन् । उनले प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई चिढ्याएर जाने नीति लिएका छन् । विपक्षी दलहरूको सुझा, सरसल्लाह र सहयोगमा अगाडि बढ्ने मनस्थितिमा ओली छैनन् ।

किनभने शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले कानून र संविधान अनुसार गरेका निर्णयहरू भटाभट खारेज गर्दैछन् । निर्णय खारेज गर्नु अगाडि विपक्षी दल कांग्रेसका नेताहरूसँग कुनै प्रकारको सल्लाह गरिएको छैन । यसले के देखाएको छ भने बहमुतको कम्युनिष्ट सरकारले जे गरे पनि हुन्छ भन्ने घमण्ड ओलीमा पालाएको हुनुपर्छ । यदि ओलीमा घमण्ड पलाएको छ भने समयमा सुधार आवश्यक छ । होइन भने त्यसले ओली र कम्युनिष्ट गठबन्धनलाई समस्या बनाउने पक्का पनि निश्चित छ ।

ओलीले निरंकुश शैलीमा सत्ता चलाउने भनेर जसरी संकेत गरेका छन् त्यसका विरुद्ध कांग्रेस चुप लागेर बस्ने पार्टी होइन । निर्वाचनमा भएको पराजयपछि शिथिल देखिएको कांग्रेस लोकतन्त्र र विधिको शासनका लागि शान्तिपूर्ण कदम चाल्न बाध्य हुनेछ । र त्यो गर्नु पनि पर्छ । कांग्रेसले ओलीलाई समयमा पाठ सिकाउनु पर्छ होइन भने देश र जनताले नोक्सान व्यहोर्नु पर्नेछ ।

पार्टी एकीकरणको सैद्धान्तिक सहमतिपछि ओलीमा कम्युनिष्टहरूको एकलौटी बहुमत छ भनेर घमण्ड पलाएको हुन सक्छ । त्यो घमण्डलाई जनताले मसिनो गरेर नियालि रहेका छन् । ओलीले जसरी राष्ट्रिय सभामा ३ जनाको नियुक्ति असंवैधानिक रुपमा गरेका छन् त्यसले उनको निरंकुशतावादी चरित्र देखाएको छ । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सहयोग गरेर अर्को ठूलो गल्ती गरेकी छिन् । ओली र भण्डारीमा पलाएको निरंकुशता घमण्डले कसैलाई पनि फाइदा गर्दैन । – सम्पादकीय

Published : Thursday, 2018 February 22, 7:41 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया