एसपी ज्ञवालीले दिए मनोज पुन इन्काउन्टरबारे नयाँ तथ्य (तस्बिरसहित)

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले प्रहरीको अत्याधिक खोजी सूचीमा रहेका मनोज पुनका बारेमा आफूहरूलाई सिआइबीले आइतबार सूचना दिएपछि हाइअर्लटमा बसेर खोजतलास गरेको बताएका छन् ।

इन्काउन्टरबारे फोनमा कुरा गर्दै एसपी ज्ञवालीले भने, ‘नेपाल प्रहरीको सिआईबीले हामीलाई आइतबार मनोज पुन र उसको साथी रुपन्देही छिरेको सूचना दिएको थियो । त्यसपछि प्रहरी परिचालन गरेर उसका बारेमा सबै सूचना संकलन भएको थियो । खोजी कार्य रहेकै बेला आज बिहान गोली लागेर मनोज पुन र सोम आलेको मृत्यु भएको छ ।’

एसपी ज्ञवालीले भने, ‘सिआईबीका डिएसपी अंगुर जिसीको कमाण्डमा खोजेर पक्राउ गर्ने क्रममा बुधबार बिहान साढे तीन बजेतिर देवदह– ४ भवानीपुरमा मनोज पुन र उसको साथी सोम ओलेले प्रहरीमाथि गोली प्रहार गरेको थियो । प्रहरीले जवाफी कारबाही गर्ने क्रममा पुन र आले घाइते भए । उपचारका क्रममा उनीहरूको मृत्यु भएको छ ।’

रुपन्देही जिल्लामा फेरि पनि मनोज पुन समूहले कुनै ठूलो आपराधिक घटना गर्दैछ भन्ने सूचना आफूहरूलाई सिआईबीले गत आइतबार दिएपछि सर्तक भएको एसपी ज्ञवालीको भनाइ छ । त्यसपछि सिआईबीको प्राधिविक र अन्य सहयोगमा पुन र उसको साथी आलेमाथि कारबाही गर्न सकिएको उनले बताए ।

तीनदिन अगाडि मनोज पुन रुपन्देहीमा छिरेको एसपी ज्ञवालीले बताएका छन् । तर, मनोज पुन भारतबाट रुपन्देही छिरेको हो वा अन्य जिल्लाबाट आएको भनेर अनुसन्धान जारी रहेको बताए । उनले भने, ‘मनोज पुन रुपन्देहीमा कताबाट छिरेको हो भनेर अनुसन्धान भइरहेको छ । मलेसियाबाट भारत आएको र त्यसपछि रुपन्देही प्रवेश गरेको हुन सक्ने प्रारम्भीक अनुमान छ ।’

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन, युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारी र २ महिनाअघि रुपन्देहीकै काठ व्यापारी वसन्त पौडेलको हत्या पुनले नै गराएको प्रहरीको निष्कर्ष छ ।

३० वर्षीय मनोज पुन रुपन्देही जिल्लाको देवदह नगरपालिका–६ निवासी हुन् । उनको वास्तविक नाम मनोज बुढामगर हो । पुन कुनै बेला नेकपा (एमाले)को ‘युथ फोर्स रुपन्देही क्षेत्र नम्बर–१ का कोषाध्यक्ष थिए । संगठनमा रहँदा पनि उनले गुण्डागर्दी गर्ने, फिरौती माग्ने तथा धम्काउने जस्ता कामलाई निरन्तरता दिँदै आएका थिए । उनी स–साना अपराध गर्दागर्दै देवदह क्षेत्रमा ठेक्कापट्टाको काममा समेत संलग्न भएका थिए ।

Published : Wednesday, 2018 February 21, 11:39 am

2 प्रतिकृया प्राप्त “एसपी ज्ञवालीले दिए मनोज पुन इन्काउन्टरबारे नयाँ तथ्य (तस्बिरसहित)”

  • अपराधिक गतिबिधी निष्क्रिय र निर्मुल पार्नु पर्छ, तर यस्ता गुण्डा गर्दी गर्नेलाइ जीउँदै कब्जा मा लियको भय सुन मा सुगन्ध थपेको जस्तो हुने थियो, जे जस्तो भय पनि नेपाल प्रहरीले सहरानिय काम गरेको छ।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया