घोराही १७ मा तरुण दलको ईकाई गठन, बिक्कु बने कमाण्डर

घोराही । नेपाल तरुण दल घोराही उपमहानगरपालिका १७ को ईकाई सभापतिमा सुशील खत्री ‘बिक्कु’ चयन भएका छन् ।

हालै सम्मपन्न भएको अधिवेशनबाट तरुण दलको कमाण्ड खत्रीले पाएका हुन् । उपसभापतिको जिम्मेवारी हेमन्त रिजालले पाएका छन् ।

सदस्यहरूमा सुशील रेग्मी, विजय थापा, किरण रेग्मी, वलदेव योगी, सन्तोष योगी, शिब चौधरी, सुरेश योगी चयन भएका छन् ।

ईकाई प्रतिनिधीहरूमा पुरुषोत्तम योगी, अशोक जिएम, महिलातर्फ खुमा पुनलाई चयन गरिएको छ ।

ईकाई गठन कार्यक्रममा तरुण दलका नगर सभापति स्याम पुन, जिल्ला सहसचिव पुरुषोत्तम योगी, सदस्यहरू दीपक श्रेष्ठ, रुकमणि पुलामी र वीरेन्द्र थापा लगायतको सहभािगता रहेको थियो ।

ईकाईको नयाँ नेतृत्वले अगामी दिनमा कम्युनिष्टहरूको दब्दवालाई चिर्ने गरेर योजना बनाउने प्रतिवद्धता जनाएको छ ।

Published : Saturday, 2018 February 17, 10:44 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया