सरकारमा सहभागिताबारे प्रचण्डको नयाँ टिप्पणी, ओली दिक्क’

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्याकेजमा समझदारी बनाएर सरकारमा सहभागी हुने बताएका छन् ।

राजधानीमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकार र पार्टी एकताको विषयमा प्याकेजमा सहमति गर्नेगरी छलफल शुरु भएको बताए ।

‘सरकार गठनको प्रक्रियामा सहभागी नभएको प्रश्न पनि उठेको छ’, उउनले भने, ‘तर हामी पार्टी एकता, राष्ट्रपति, सभामुख, मन्त्रालयदेखि बिभिन्न ठूला राजनीतिक नियुक्तिसम्म प्याकेजमै समझदारी गरेर सरकारमा सहभागी हुन्छौं । अहिले सकारात्मक छलफल शुरु भएको छ ।’

पार्टी एकता प्रक्रिया सकारात्मक ढंगले अघि बढेको बताउँदै अध्यक्ष प्रचण्डले अधिकांश विषयमा सहमति भएको र केही विषयमा छलफल गर्न बाँकी रहेको बताए ।

प्रचण्डले प्याकेजमा सहमतिको कुरा गरेपछि एमाले र प्रधानमन्त्री ओलीलाई संकट आउन सक्ने बताइएको छ ।

वाम गठबन्धनले ७० वर्षपछि राजनीतिक स्थायित्व, समृद्धि, सुधार र समाजवादको यात्रा तय गरेको बताउँदै अध्यक्ष प्रचण्डले शिक्षा क्षेत्रमा कम्तीमा २० प्रतिशत बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए ।

Published : Friday, 2018 February 16, 5:23 pm

1 प्रतिकृया प्राप्त “सरकारमा सहभागिताबारे प्रचण्डको नयाँ टिप्पणी, ओली दिक्क’”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया