माओवादीको ‘पावरफुल’ संगठनका अध्यक्षको बयानले ‘प्रचण्ड’ ‘गद्गद्’

काठमाडौं । माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसियल)ले एमालेसँग आत्म समर्पण नगर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दवाव दिएको छ ।

वाईसियलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले दुई वर्षभित्र पार्टीलाई पुरानै अवस्थामा फर्काउन सक्ने बताएका छन् । शुक्रबार आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै अध्यक्ष सापकोटाले माओवादी आन्दोलन र पार्टीलाई पुनर्गठन गर्न सकिने बताएका हुन् ।

एमालेले एकताका नाममा झुकाउन खोजेको भन्दै उनले प्रचण्डलाई सम्बोधन गर्दै अनावश्यक गल्न र झुक्न जरुरी नभएको उल्लेख गरेका छन् ।

‘पार्टीभित्रका इमान्दार र कर्तव्यनिष्ट नेता कार्यकर्तामाथि भर परेर फेरि एकपटक जाग्न सक्छौं । पार्टीलाई पुरानै अवस्थामा फर्काउन सक्छौं’, उनले लेखेका छन्, ‘बिग्रिएको केही छैन, अन्तिमसम्म पनि जनमतप्रति वफादार रह्यौं । अब अनावश्यक गल्न र झुक्न जरुरी छैन ।’

एमाले र माओवादी केन्द्रबीच हुने भनिएको एकता सिद्धान्तका विषयमा पुगेर अड्किएपछि वाइसियलका अध्यक्षको यस्तो प्रतिक्रिया आएको छ ।

अध्यक्ष सापकोटाको बयानले प्रचण्डलाई राजनीतिक रुपमा निर्णय लिन र अगाडि बढ्न सहयोग मिल्ने टिप्पणी गरिएको छ ।

एमालेले जनताको बहुदलीय जनवादलाई एकीकृत पार्टीको कार्यदिशा राख्नुपर्ने अडान राखेपछि माओवादीले जबजलाई उल्लेख गर्ने भए माओवाद पनि उल्लेख गर्नुपर्ने बताएपछि एकतामा समस्या उत्पन्न भएको छ ।

Published : Friday, 2018 February 16, 4:36 pm

10 प्रतिकृया प्राप्त “माओवादीको ‘पावरफुल’ संगठनका अध्यक्षको बयानले ‘प्रचण्ड’ ‘गद्गद्’”

  • तपाईको अनुभूति प्रति म कन्फ्युजमा रुमलिएको एकजना जनयुद्दको जानाकारलाई सहि लाग्यो।

  • Dipsika kamred Sanga lagbhag 3sal sangai kam garne abasar pako thiye.. Malai Dipsika kamred parti dherai biswas xa.

  • हाम्रो गौरब साली पाटी १० बर्षा सफल जनयुद्धगर्ने सक्ने पाटिलाई केहि नेतृतो को कारण ले गर्दा एमाले पाटी जस्तो अप्सर बादी ले भर्याङ बनाउने खेल खेलियो । नेपाली मा एउटा उखान छ नि बाघ को छाला मा स्यालको राजाइ यो सब हुनको कारण १, बाबु राम भट्टराइ
    २, मा मोहन बैधे
    ३, नेत्रबिप्लब
    यिनिहरु हुन हाम्रो सबै भन्दा ठुलो सत्रु इतिहास्ले यिन्लाई माफ दिने छैन सम्मानानीय अध्याक्छे ज्यु हामी युबा हरु तपाईं को साथ मा छु आबस्याक परे बलिदान दिन तयार छु एकता को नाम्मा झुक्न जरुरी छैन । दिप्शिका दाइ को भनइ प्रती मेरो सहमत छ ।

    • नाच्न नजान्ने अागन टेडाे भनेझै भएन र कमरेड ? हाम्राे एकता त बैध, बिप्पलबहरुसँग हुनु पर्थियाे । तर एमालेसँग गर्न खाेजियाे । त्याे पनि ठिकै छ भनेर यहाँ सम्म अाईयाे हुँदा हुँदा सैद्धान्तिक बिषय नमिले पछि के काे एकता ? कार्यकर्ताले त्यतिखेर नेत्रृत्वकाे काशनलाई अाफ्नाे मृत्युु भन्दा प्याराे ठान्छन् जतिबेला उसले अन्तर हिर्दयबाट स्विकार गर्छ । यानिके उसले सहि ठान्छ ।

    • एतिहासिक माओवादी पार्टी लाइ कसै मा विलिन हुन लगेको देख्दा सारै दुख लागेको छ यहि हो समय पार्टी लाइ नया रुप ले गठन गर्ने … नत्र सराप्ने छन भावी पुस्ता ले .. कमरेड दिपशिखा को बिचार मा sahamat✊✊✊✊✊

  • Ma pani yk maobadi yodha hu dipsikha dai sanga mailey ni kaam gareyko xu kamred prachanda deyrai balidan garisakeykaa yaodha haru ko kura sunus hami hijo janamukti seyna baneu aja paryo vaney aja tyo vanda ni tbulo banna sakxau mareyka xainan maobadi kamred prachanda galti nagarnus hami e maa ley bandainau

  • jabasamma nepalma naya janabadi kranti safal hudaina tabasamma hami ghumauro bato abalamban garera vayepani hidnu parxa .tara jhuketa hoina .yedi party leaderle bato birauxa vane ra main point vulxa vane nafa ghatako jimmewar i lina pani saknu parxa

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया