प्रधानमन्त्री बने लगत्तै प्रचण्डको नयाँ प्रस्तावले ओली झस्किए

काठमाडौं । केपी ओलीले प्रधानमन्त्रीको जिम्मेवारी लिइसकेको अवस्थामा माओवादी केन्द्रले एमालेलाई धम्काउन प्याकेजको कुरा अगाडि सारेको छ । यद्यपि, माओवादीले अगाडि सारेको पार्टी एकता र सरकारमा सहभागी हुने प्याकेजलाई ओलीले खासै महत्व नदिने एक नेताले बताएका छन् ।

बुधबार ललितपुरको एक घरमा बसेको एमाले र माओवादी केन्द्रवीचको एकता बैठकमा करिब करिब धेरै कुराहरू सहमति नजिक पुगेपनि अन्ततः एकीकृत पार्टीले लिने वैचारिक लाईनले विवाद थोपरिदिएको थियो ।

माओवादीको प्याकेज ओलीले मान्छन् वा मान्दैनन् केही स्पष्ट हुन सकेको छैन । यद्यपि, ओलीले प्रधानमन्त्रीको सपथ लिएसँगै माओवादीभित्र ठूलो खैलाबैला उत्पन्न भएको छ ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भनेका छन्, ‘धेरै कुराहरू मिलेको थियो, हामी त एकता घोषणा गरेर रात्रिकालिन भोज नै खाने तयारीमा थियौं, बैठकमा एकाएक वैचारिक नीति जबज वा २१ औं शताब्दीको नयाँ जनवाद के लिने भन्ने ? विवाद निम्त्याएको थियो ।’

ओली पहिला माओवादीलाई सरकारमा लगेर पार्टी एकीकरणको कुरा टुंग्याउन चाहेका छन् । तर, नेताहरूको व्यवस्थापन, मन्त्रालय बाँडफाँड र राजनीतिक कार्यदिशामा माओवादीका अध्यक्ष दाहाल र अन्य नेताहरू सशंकित छन् ।

उनले दुवै पार्टीका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डवीच वैचारिक विषयमा दुवै नीति महाधिवेशनसँगै लैजाने र एकता महाधिवेशनबाट टुँगो लगाउने सहमति भएपनि एमालेका केही नेताहरूले हुँदैहुँदैन भनेपछि यस्तो मोड आएको सुनाए ।

Published : Friday, 2018 February 16, 8:25 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया