प्रधानमन्त्रीमा ओलीको दाबी प्रस्तुत

काठमाडौं । एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गरेका छन् ।

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरू बिहीबार बिहान शीतल निवास पुगेर राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गरेका हुन् ।

वाम गठबन्धनले ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ । संसदमा बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था छ ।

एउटै दलको बहुमत नभएकाले एमाले र माओवादीले संवैधानिक प्रावधानअनुसार आफूहरूको बहुमत रहेको उल्लेद गर्दै प्रधानमन्त्रीमा नियुक्तिको आग्रहसहित ओलीको नाम प्रस्ताव गरेका हुन् ।

Published : Thursday, 2018 February 15, 11:17 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया