दरबारमार्गमा अर्को ‘काण्ड’, आई क्लवमा सईले मच्चाए बबण्डर

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित आई क्लवमा पेस्तोल देखाएर बबण्डर मच्चाउने नेपाल प्रहरीका नायब निरीक्षक राजकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी दरबारमार्गस्थित आर्इ क्लवमा झगडा गरेको आरोपमा सई श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बुधबार बिहान २ बजेतिर सादा पोशाकमा हतियारसहित छिरेका जनसेवा वृतको सिआरभीमा कार्यरत श्रेष्ठले क्लब सञ्चालकसँग विवाद गरेको आरोप छ ।

पेस्तोलसहित अन्य २ जना साथी लिएर सई श्रेष्ठ क्लव पुगेका थिए । उनले सञ्चालक र ग्राहकहरूसँग अभद्र ब्यवहार गरेको प्रहरीले जनाएको छ ।

विवाद गर्दै गरेका सई श्रेष्ठलाई तत्काल पुगेको दरबारमार्ग प्रहरीले नियन्त्रणमा लिएको थियो । श्रेष्ठ बिहान ६ बजेसम्म पनि झुम्म परेको अवस्थामा दरबारमार्ग प्रहरीमा भेटिएका थिए । सई श्रेष्ठलाई विभागीय कारबाही हुने प्रहरीले जनाएको छ ।

केही दिन अगाडि दरबारमार्गको एक होटेलमा युवतीलाई तीनजना युवकले सामूहिक बलात्कार गरेका थिए । सोही काण्डमा फसेका प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी निलम्बनमा परेका थिए । सो घटना सेलाउन नपाउँदै प्रहरीका अर्का सई पक्राउ परेका छन् ।

Published : Wednesday, 2018 February 14, 10:53 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया