मञ्चमा नाङ्गै–बुङ्गै बनेपछि सरस्वती लामा गिरफ्तार

नेपालगञ्ज । बाँकेको कोहलपुरमा जारी कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवको दोस्रो दिन शनिबार गायिका सरस्वती लामाको सांगीतिक प्रस्तुतिका कारण महोत्सवस्थल अनियन्त्रित भएको छ ।

लामाले महोत्सवमा एउटा गीत गाएर दोस्रो गीत ‘काले दाई काले दाई’ गाउने क्रममा शरीरमा लगाएका कपडा एकपछि अर्को खोल्न थालेपछि सहभागी युवाहरू अनियन्त्रित भएपछि लामाको प्रस्तुति बीचमै रोकेर केही समय नियन्त्रणमा लिनुपरेको हो ।

लामाको गीतसँगै सहभागी युवाहरु उच्छृंखल भई अश्लीलता प्रदर्शन गर्न लागेपछि प्रहरीले बल प्रयोग गर्नु परेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

कार्यक्रम स्थलबाट प्रहरीले ३ जना युवालाई नियन्त्रणमा लिइएको र अन्यको खोजी भइरहेको डिएसपी भट्टराईले जानकारी दिए ।

प्रस्तुति अश्लील र विवादित भएको भन्दै प्रहरीले आयोजक कोहलपुर उद्योग वाणिज्य संघका पदाधिकारीलाई कार्यक्रम लामाको प्रस्तुति नराख्न निर्देशन दिएको छ । आयोजकले ल्याउने अडान राखेपछि बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसीले पनि मर्यादित कार्यक्रम गर्न आयोजकको निर्देशन दिएका छन् ।

प्रहरीले विवादका बीचमा गायिका लामालाई केही समय गिरफ्तार गरेर महोत्सवको सचिवालयमा पुर्‍याएर छाडेको छ । कोहलपुर महोत्सवमा शनिबार गायक स्वरुपराज आचार्य, कमल खत्री र नायिका केकी अधिकारीको पनि प्रस्तुति थियो ।

Published : Monday, 2018 February 12, 10:32 pm

3 प्रतिकृया प्राप्त “मञ्चमा नाङ्गै–बुङ्गै बनेपछि सरस्वती लामा गिरफ्तार”

  • युबालाई किन नियन्त्रण उत्तेजकलाई नियन्त्रण गर्न पर्यो न कि उत्तेजितलाई।ज्वरो रोक्ने होईन ज्वरो आउनुको कारणलाई रोकथाम गर्नु बुद्धिमता होला अनि नियम संगत।

  • Nepali samaj ma yo velgar so Daykhaunu nepali samaj ma bikriti launu ho Yasta lai kanun ko dayara ma layara carbahi garnu parcha Muslim kanun jastai

  • एनि हाउ पैसा कमाउ ,जवाना पैसाको रैछ पैसाको लागि जे पनि गर्न तैयार भए मान्छे हरु तर एउटा कलाकार जस्तो मान्छे बाट सामाजिक सन्जालमा यस्तो बिक्रिती फैलिनु यो पक्कै पनि राम्रो कुरा होइन । बिदेशमा बसेर यस्तो कुरा सुन्दा देख्दा दु:ख लाग्छ ।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया