‘जुली’ हत्याकाण्डका गुरुङ भारतमा पक्राउ

काठमाडौं । ०५८ कात्तिक १८ गते काठमाडौंको ठमेलस्थित जुली स्टुडियो डिस्कोमा एक व्यक्तिको हत्या गरी फरार रहेका मुखिया गुरुङ १६ वर्षपछि पक्राउ परेका छन् ।

इन्टरपोलको सहयोगमा गुरुङलाई भारतबाट पक्राउ गरिएको हो । काठमाडौं जिल्ला अदालतले उनलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाएको छ ।

मुखियाको नेतृत्वमा कर्मा गुरुङ, राजु घले, कर्मा शेर्पा लगायतको समूहले ०५८ मा सुवर्ण गुरुङको हत्या गरेको थियो ।

हत्यापछि अन्य व्यक्ति पक्राउ परे पनि मुखिया फरार थिए । फरार रहेका गुरुङ दुई भारतको जयपुरबाट थाइल्याण्ड हुँदै मलेसिया जाने क्रममा भारतमा पक्राउ परेका थिए ।

Published : Sunday, 2018 February 11, 6:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया