खानेकुराका रोचक तथ्य

लसएञ्जलस । स्टिक आइसक्रिम अर्थात सिन्कामा जमेको आइसक्रिमको आविष्कार ११ वर्षीय एक युवक ‘ई–इपर्सन’ले सन् १९०५ मा गरेका हुन् ।

ती युवकले रातको समयमा आफ्नो घरको पछाडि पट्टी ‘फ्लेभर्ड सोडा बटर’मा सिन्का राखेर छोडिदिए र अर्को दिन बिहान यो जमेको देखियो । त्यसपछि आइसक्रिमको उत्पादन सुरु भएको हो ।

वैज्ञानिकले एक प्रविधिको प्रयोग गरी पनिर बटरलाई हिरामा बदल्न सक्छन् ।  कोरियामा एक प्रकारको अक्टोपसलाई जिउँदै खाने गरिन्छ । यस अक्टोपसलाई कोरियामा सन्नकजी भनिन्छ ।

आधुनिक रेफ्रिजेरेटरको आविष्कार भइसकेको थिएन, त्यस समय रुस र फिनल्याण्डमा मानिसले दुधमा जिउँदो भुरा भ्यागुता राखेर छोडिदिन्थे, जसले गर्दा दुध बिग्रदैन थियो ।

यदि तपाई आफूलाई मनपर्ने खानाको बारेमा सोच्नुहुन्छ भने तपाईभित्र डोपमाइन नामक हर्मोन उत्पादन हुन्छ, जसले राम्रो महशुस गराउँछ । यही हर्मोन सेक्स र मनोरञ्जनको रुपमा औषधिको प्रयोगबाट रिलिज हुन्छ । यसको अर्थ, यदि तपाई आफूलाई मनपर्ने खानाको बारेमा सोच्नु भयो भने यसले फाइदा गर्छ ।

कलेजोलाई हेपाटाइटिस जस्ता रोगले हाम्रो जति असर पुर्याउँछ, त्यति नै असर फस्टफूडले पनि पुर्याउने एक अध्ययनबाट पत्ता लागेको छ ।

जंग फू्रडमा उपलब्ध बोसो तथा स्याचुरेटिडले ‘फ्याट्स फ्याटी लिभर’को स्थिति उत्पन्न हुन्छ, जसका कारण लिभर फेल हुनसक्छ ।

अहिले कुखुराको मासुमा ‘फ्याट’ बढ्दै गइरहेको पाउन सक्छौ र प्रोटिन निक्कै कम हुन्छ । एक अध्ययन अनुसार, सन् १९७०को दशकमा कुखुराको मासुमा जति बोसो पाइन्थ्यो, अहिले त्यसको तुलनामा २६६ प्रतिशत बढी पाइन्छ ।

विश्वमा आमाको दुध एकमात्र यस्तो चीज हो, जसमा सबै पोषक तत्व पाउँछ र कुनै पनि त्यस्तो चीज छैन, जसमा एकसाथ धेरै खाले पोष्क तत्व पाइन्छ ।

हवाईजहाजमा खानाको स्वाद राम्रो लाग्दैन, किनकि धेरै उचाईमा पुग्दा हाम्रो सुघ्ने र स्वादको क्षमतामा २० देखि ५० प्रतिशतले गिरावट आउँछ । – एजेन्सी

Published : Sunday, 2018 February 11, 9:57 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया