२ नं. प्रदेशमा यसरी भयो पद बाँडफाँट, मुख्यमन्त्री कसलाई ?

काठमाडौं । संघीय समाजवादी फोरमले दुई नं. प्रदेशमा मुख्यमन्त्री पाउने सहमति भएको छ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरबीच शनिबार भएको उच्चस्तरीय सहमतिअनुसार संघीय फोरमले दुई नं. प्रदेशमा मुख्यमन्त्री पाउने भएको हो ।
दुई नं. प्रदेशको सभामुख राजपा नेपालले पाउने सहमति भएको छ । सहमतिअनुसार संघीय फोरमले आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उपसभामुख पाउनेछ ।
राजपा नेपालले सभामुखका साथै भौतिक पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाउने सहमति भएको जारी विज्ञप्तिमा उल्लेख छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत