२ नं. प्रदेशमा यसरी भयो पद बाँडफाँट, मुख्यमन्त्री कसलाई ?
काठमाडौं । संघीय समाजवादी फोरमले दुई नं. प्रदेशमा मुख्यमन्त्री पाउने सहमति भएको छ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरबीच शनिबार भएको उच्चस्तरीय सहमतिअनुसार संघीय फोरमले दुई नं. प्रदेशमा मुख्यमन्त्री पाउने भएको हो ।
दुई नं. प्रदेशको सभामुख राजपा नेपालले पाउने सहमति भएको छ । सहमतिअनुसार संघीय फोरमले आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उपसभामुख पाउनेछ ।
राजपा नेपालले सभामुखका साथै भौतिक पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाउने सहमति भएको जारी विज्ञप्तिमा उल्लेख छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत