प्रदेश सरकार बनाउन राजपाको गृहकार्य

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले शुक्रबार र शनिबार दुई दिन जनकपुरधाममा अध्यक्षमण्डल र २ नं. प्रदेशको संसदीय दलको संयुक्त बैठक आह्वान गरेको छ ।

बैठकका लागि राजपाका शीर्ष नेताहरू शुक्रबार बिहान जनकपुरधाम प्रस्थान गर्ने कार्यक्रम रहेको महासचिव केशव झाले जानकारी दिए । संयुक्त बैठकमा २ नं. प्रदेशको संसदीय दलको नेता चयनदेखि विभिन्न राजनीतिक प्रस्तावमाथि छलफल हुनेछ ।

राजपा र संघीय समाजवादी फोरम नेपालले २ नं. प्रदेशमा सरकार बनाउने तयारी गरेका छन् । मुख्यमन्त्रीमा संघीय फोरमले दाबी गर्दै आएको छ । मुख्यमन्त्री, सभामुख, मन्त्री र अन्य विभिन्न पदहरूमा कसरी विभाजन गर्नेबारेमा पनि बैठकमा छलफल हुन हुने महासचिव झाले बताउनुभयो ।

सोही बैठकको तयारी स्वरुप बिहीबार राजपा अध्यक्षमण्डलको बैठक बसेको थियो । बबरमहलस्थित पार्टी मुख्यालयमा बसेको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा परामर्श भएको झाले बताए ।

Published : Thursday, 2018 February 1, 6:53 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया