तापसीले ज्याकुलिनसँग काम नगर्ने

मुम्बई । बलिउड फिल्म ‘जुडुवा २’मा ज्याकुलिन फर्नान्डिज र तापसी पन्नुको फिल्मी क्यामेष्ट्रीलाई धेरैले मनपराए । यो फिल्मको सुटिङताका दुवैको दोस्ती र मस्तीको विषयमा धेरै समाचार सञ्चारमाध्यममा पनि आए । यति राम्रो मित्रता हुँदा–हुँदै पनि तापसी अहिले ज्याकुलिनसँग काम गर्न चाहन्न् ।

हालै मुम्बईमा भएको एक इभेन्टका समयमा तापसीलाई बलिउडको कुन नायिकासँग काम गर्न चाहनुहुन्न ? भनी पत्रकारले सोधेको प्रश्नमा उनले ज्याकुलिनको नाम लिँदा उपस्थित दर्शक तथा पत्रकार आश्चर्यमा परेका थिए । ‘हामी दुवैजनाले सँगै काम गरिसकेका छौं । तर अब म ज्याकुलिनसँग काम गर्न चाहन्न’, उनले भनिन्, ‘म ज्याकुलिनको शारीरिक संरचनाको तारिफ गर्छु । मलाई उनको शरीर देख्दा केही जलन हुन्छ ।’

फिल्म ‘जुडुवा २’को समयमा यी दुई कलाकारबीच ‘शीतयुद्ध’ चलेको खबर पनि बाहिर आएको थियो । तर त्यही बेला दुवै नायिकाहरुले सुटिङस्थलमा गरेको रमाइलो क्षणको भिडियो सामाजिक सञ्जालमा राखे पछि त्यो खबर झुटो देखिएको थियो ।

‘हामी दुवैजनाले फिल्मको सुटिङ नगर्दा हामीबीच सम्बन्ध बिग्रिएको चर्चा चलेको थियो । मलाई ज्याकुलिनको काम गर्ने शैली र शक्ति मनपर्छ । उनको सोचाई सकारात्मक छ र उनीबाट हरेक परिस्थितिमा मुस्कुराउनु पर्छ भन्ने कुरा पनि सिक्ने अवसर पाएँ ।’उनले भनेकी छन् । – एजेन्सी

Published : Thursday, 2018 February 1, 12:19 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया