गढवामा उपाध्यक्ष चौधरीले देखाइन् अचम्मको ‘हर्कत’

लमही । दाङ जिल्लाको देउखुरीस्थित गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ति चौधरीले गाढी चढ्न नपाएको झोँक देखाएकी छिन् । उनी गाउँपालिका न्यायिक समितिका संयोजक पनि हुन् । सवारीसाधन अभाव धेरै कार्यक्रममा गएकी छैनन् ।
गाउँपालिकाको एउटा गाडी छ । त्यो गाडी उनको कामकाजका लागि कहिल्यै प्रयोगमा आउँदैन । गाउँपालिकाका अध्यक्षले निजीसरह उपभोग गरिरहेका छन् । ‘कुनै आवश्यक कामका लागि एकछिन गाउँपालिकाको कार्यालयको गाडी माग्दा पनि पाइँदैन’, उनले भनिन्, ‘गाडी माग्दा अध्यक्षज्यूले जहिल्यै छैन भन्नुहुन्छ । उहाँले कार्यालयको गाडी आफ्नै घरमा राख्नुहुन्छ ।’
गाउँपालिकाको गाडी अध्यक्षले एकल रुपमा प्रयोग गर्दै आएपछि अध्यक्ष र उपाध्यक्षबीच ठूलै विवाद भएको छ । गाडी माग्दा नदिएपछि उपाध्यक्ष शान्तिले चाबी नै खोसेको बताइन् । ‘त्यो गाडी कार्यालयको पो हो त’, उनले भनिन्, ‘कार्यालयकै कामका लागि कतै जानुपर्दा नपाएपछि एक दिन विवाद भयो, अनि मैले चाबी खोसिदिएकी हुँ ।’
उनले कार्यालयकै कामकाजका लागि आफूले व्यक्तिगत खर्चमा गाडी रिजर्भ गर्नुपरेको बताइन् । ‘अलिक टाढाका वडासम्म पुग्नका लागि आफ्नै खर्चमा गाडी लिएर पुगेकी छु’, उनले भनिन्, ‘कार्यालयको गाडी नदिएपछि के गर्नु ?’ गाडी रिजर्भ गरेबापतको खर्च माग गर्दा नपाएको उनले बताइन् ।
त्यसो त गाउँपालिका अध्यक्षसहित उपाध्यक्षले समेत सवारीसाधन पाउने भन्ने प्रचारले उपाध्यक्ष विश्वस्त थिए । जनप्रतिनिधि चुनिएको ६ महिनासम्म पनि कुनै सुविधा नपाएको उपाध्यक्ष चौधरीले बताइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत