ओलीले मोदीलाई पठाए गोप्य पत्र, नाङ्गियो एमालेको नक्कली राष्ट्रवाद (पत्रसहित)

काठमाडौं । सधै भारतको विरोध गरेर कथित राष्ट्रवादी चरित्र बनाएका एमालेका अध्यक्ष केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सुटुक्क पत्र पठाएर आफू भारतसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको बताएका छन् ।

भारतको ६९ औं गणतन्त्र दिवसका अवसरमा भारतीय प्रधानमन्त्री मोदीलाई पत्र पठाएर ओलीले भारतसँग मिलेर जाने प्रतिवद्धता जनाएका हुन् । भारतलाई बाम गठबनधनले भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेको छ । भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीको यस्तो कार्यको एमाले र माओवादी केन्द्रका केही नेताहरूले दोहोरो चरित्र भनेर आलोचना गरेका छन् ।

ओली भारतीय दूतावासले आयोजना गरेको औपचारिक कार्यक्रममा ओली उपस्थित भएका थिएनन् । दूतावासले आयोजना गरेको अर्को सांस्कृतिक कार्यक्रममा सुटुक्क गएका थिए ।

ओलीको पत्रले उनी भारतसँग मिलेर जान कति हतार गरिरहेका छन् भन्ने देखाएको छ । एमालेका एक नेताले भने, ‘केपी ओली पहिलादेखि नै भारतकै मान्छे हो । उहाँलाई राष्ट्रिय हिरो बनाउन सबै भारतकै डिजाइन छ । यो पत्र र ओलीका गतिविधिहरूले त्यो देखाएको छ । यो कार्यमा माओवादी केनद्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि साथ दिनुभएको छ ।’

बाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्ने तयारीप्रति भारतले निकै चासो दिएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज पनि भारतीय प्रधानमन्त्री मोदीको विशेष दूत बनेर दुई दिने नेपाल भ्रमणमा बिहीबार आउँदै छिन् ।

स्वराजले काठमाडौं बसाइका क्रममा एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष तथा मधेस केन्द्रित दलका नेताहरूलाई विशेष महत्वदिएर भेट्ने कार्यक्रम छ ।

(एमालेका अध्यक्ष ओलीले नरेन्द्र मोदीलाई पठाएको यो पत्र समाचार दैनिक डटकमबाट साभार गरिएको हो)

Published : Tuesday, 2018 January 30, 7:05 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया