एस.ए.बी. पब्लिक स्कूलमा चिनियाँ स्प्रिङ फेस्टिभल

 

काठमाडौं । एसएबी पब्लिक स्कूल घट्टेकुलोले चिनियाँ पात्रो अनुसार नयाँ वर्षको शुभारम्भसँगै मनाइने स्प्रिङ फेस्टिभल विविध चिनियाँ तथा नेपाली सांस्कृतिक कार्यक्रम गरी मनाएको छ ।

मंगलबार नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रका निर्देशक यान कुन सोङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सांस्कृतिक कार्यक्रममा उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।

चिनियाँ सांस्कृतिक केन्द्रका निर्देशक यान कुन सोङले नेपाली र चिनियाँहरू संस्कृतिमा धनी भएको उल्लेख गरे । उनले एकअर्काको संस्कृतिको आदान प्रदानले दुवै देशको सम्बन्ध अझै घनिष्ट हुने बताए ।

सूर्योदय एजुकेशन फाउण्डेशनका अध्यक्ष लक्ष्यबहादुर केसीले आफ्ना नानीबाबुलाई विभिन्न भाषामा दक्ष बनाउने उद्देश्य राखेर चिनियाँ भाषा पनि विद्यालयमा शिक्षण गराइरहेको जानकारी दिए । उनले स्प्रिङ फेस्टिभलको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

नेपाली र चिनियाँ सांस्कृतिक झाँकीहरू प्रस्तुत भएको सो कार्यक्रममा एसएबी पब्लिक स्कूलका शिक्षक, अभिभावक र विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2018 January 30, 6:16 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया