ओलीले बैठकमा यी व्यक्तिको नाम लिएपछि, खनाल ‘बुरुक–बुरुक’

काठमाडौं । एमालेभित्र राष्ट्रपति नयाँ बनाउने कि अहिलेकै राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्‍याउने भन्ने विषयमा विवाद उत्पन्न भएको छ ।

पार्टी मुख्यालय धुम्बाराहीमा मंगलबार बसेको स्थायी समितिको बैठकमा अध्यक्ष केपी ओलीले अहिलेकै राष्ट्रपति भण्डारीलाई नै दोहोर्‍याउनुपर्ने प्रस्ताव राखेपछि बैठकमा उपस्थित बरिष्ठ नेता झलनाथ खनालले ठाडै अस्वीकार गरेका छन् ।

खनालले एकै व्यक्तिलाई महत्वपूर्ण पदमा दोहोर्‍याउन नहुने अडान लिएका छन् । नेता खनाल ओलीविरुद्ध खनिएपछि बैठकमा एकछिन सन्नाटा छाएको थियो ।

खनालले आफूलाई राष्ट्रपतिको दाबेदारको रुपमा प्रस्तुत गर्दै आएका छन् । अध्यक्ष ओलीले विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याउने प्रस्ताव गर्न नपाउँदै खनालको खप्की खानु परेको एक नेताले बताए । नेता खनालले राष्ट्रपति लगायतका महत्वपूर्ण पदमा कुनै पनि व्यक्ति दोहोरिन नपाउने अडान राखेका छन् ।

ओलीको उक्त प्रस्तावबारे अर्का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भने मौन देखिएका छन् । नेता नेपाल यसबारेमा साईलेन्ट बसेको स्रोतको दाबी छ ।

ओलीले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच वर्ष चलाउन पाउनुपर्ने आफ्नो मान्यता रहेको बताएका थिए ।

यसैबीच, एमालेले प्रदेशको मुख्यमन्त्रीमा सर्वसहमति हुन नसके चुनावबाट चयन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्रीका दावेदारहरूबीच सर्वसहमतिमा निर्णय नभए प्रदेशसभामा पार्टीबाट निर्वाचित सांसदले संसदीय दलको बहुमतबाट मुख्यमन्त्री चुन्ने निर्णय गरेको छ ।

Published : Tuesday, 2018 January 30, 5:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया