पूर्वराजा शाह भारत जाने

काठमाडौं । धार्मिक कार्यक्रममा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र शाह भारतको ओडिशा प्रस्थान गर्ने भएका छन् ।

श्री गोवर्द्धन–पुरीपीठ, ओडिशामा हुने १४५औँ श्री मज्जगद गुरु शंकराचार्य स्वामिनिश्चलानन्द सरस्वतीको ‘पट्टाभिषेक–पञ्चविंशतिवर्षपूर्ति–महोत्सव’मा भाग लिन पूर्वराजा शाह माघ २२ गते ओडिशा प्रस्थान गर्न लागेको सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पूर्वराजा शाहका सहयोगी फणी पाठकका अनुसार ओडिशामा हुने धार्मिक कार्यक्रममा सहभागी भएर स्वदेश फर्कने जनाइएको छ ।

Published : Monday, 2018 January 29, 6:24 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया