भारतीय दूतावासको कार्यक्रममा लुकेर पुगे ओली, लिक भयो तस्बिर

काठमाडौं । भारतको ६९औँ गणतन्त्र दिवसका अवसरमा भारतीय राजदूतावास लैनचौरमा आयोजित दिवाभोज कार्यक्रममा सहभागी नभएका नेकपा (एमाले)का अध्यक्ष केपी ओली त्यस्तै प्रकारको अर्को कार्यक्रममा सहभागी भएका छन् ।

काठमाडौंको भद्रकालीस्थित आर्मी अफिर्स क्लवमा शनिबार आयोजित विशेष कार्यक्रममा एमालेका अध्यक्ष ओली सहभागी भएका हुन् ।

ओलीसँगै राष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी भएको भारतीय रादूतावासको ट्वीटमार्फत सार्वजनिक गरिएको तस्बिरमा उल्लेख छ ।

भारतको स्वतन्त्रता दिवसमा सहभागी नभएका ओलीलाई भारतीय पक्षबाट ठूलो दवाव परेपछि शनिबारको कार्यक्रममा सहभागी भएका हुन् । भारतीय पक्षसँग बैंकक बसाइका बेला सम्बन्ध सुधार गरेका ओली कार्यक्रममा सहभागी भएको स्रोतले जनाएको छ ।

शुक्रबारको कार्यक्रममा सहभागी नभएपछि भारतीय पक्षले ओलीको कडा आलोचना गरेको थियो । त्यसपछि ओली शनिबारको कार्यक्रममा सहभागी भएर हाजिरी जनाएका हुन् ।

ओलीले कार्यक्रम जुधेको भनेर शुक्रबारको कार्यक्रममा अनुपस्थिति जनाएका थिए । अर्को दिन भारतीय राजदूतावासले गरेको कार्यक्रममा ओली सहभागी भएका हुन् ।

भारतीय राजदूतावासले राखेको शुक्रबारको कार्यक्रममा पनि ओली राजदूत मञ्जिभसिंह पुरीसँगको टेलिफोन वार्तापछि अनुपस्थित भएका थिए ।

कथित राष्ट्रवादको नारा लिएका ओलीले भारतीय राजदूतावासको कार्यक्रममा सहभागी भएर सबैलाई निरास बनाइ दिएका हुन् । ओलीको चर्तिकलाले सबै छक्क परेका छन् ।

Published : Saturday, 2018 January 27, 9:29 pm

5 प्रतिकृया प्राप्त “भारतीय दूतावासको कार्यक्रममा लुकेर पुगे ओली, लिक भयो तस्बिर”

  • खोइ #केपीओली को सहभागिता भएको फोटो ? यस्ता साता वेब साइड बन्द गर्दा हुन्छ, बरु मेरो स्वास्नी को … टाल्न लाइ पैसा माग्नुहोस हामि दिने छौ !

    • उक्त कार्यक्रममा म स्वयम उपस्थित छु र ओली पनि हुनुहुन्छ । उहाँ करिब २ घण्डा कार्यक्रममा बस्नु भयो । यो साईडलाई आक्षेप लगाउने र होच्याउने काम नगर्दा राम्रो ।

  • १)पाखी अाेडेर घ्यू पिउने ।
    २)जति जाेगी अाय पनि कानै चिरेका ।

  • नेपालका नेताहरुकाे प्रतिक्रिया के दिनु ? बेइमानिका साथ इमानदारकाे काम गरिन्छ ।भनु अाफैलाई लाज, नभनु ।

  • तपाई भोजभतेरको कुरा गर्नु हुन्छ बिरगन्जमा सिमा मिचिदा खोई एक शब्द बोलेको?????

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया